- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता
घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता
मङ्सिर ८ , म्याग्दी
म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् ।गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको फूलबारीका सम्पूर्ण बासिन्दा र विद्यालयका विद्यार्थीलाई खानेपानीको सास्ती खेप्नुपरेको हो ।
छिमेकी गाविस निस्कोटबाट ल्याइएको खानेपानीको पाइप बगाएपछि पुनः मर्मत सम्भार तथा आपूर्तिमा समस्या भएको स्थानीय चूडामणि सापकोटाले बताउनुभयो ।
फूलबारीमा रहेका करिब ५० घरधुरी, स्थानीय पुरुषोत्तम प्राथमिक विद्यालयमा रहेका १०० विद्यार्थीलाई खानेपानीको समस्या भइरहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीले घरबाटै पानी लिएर विद्यालय जाने गरेका सापकोटाले बताउनुभयो । खानेपानी आपूर्तिमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा समेत सफल हुन नसकेका स्थानीयले खानेपानी अनावश्यकरुपमा प्रयोग नगर्न अनुरोध गर्दै गाउँ नजिकै रहेको मुहानबाट अस्थायी रुपमा आपूर्ति गरिरहेका छन् ।
खानेपानीको अभावका कारण दूषित पानीको प्रयोग समेत हुनसक्ने भएकाले उमालेर पिउन समेत विद्यार्थीमार्फत घरघरमा जानकारी पठाइएको छ । सानो कुवाबाट खानेपानीको प्रयोग गर्दै आइरहेको अवस्थामा जिविस, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलगायतका सङ्घसंस्थालाई समेत पहल गरिएको छ । जिल्लाको निस्कोट, रुम, ओखरबोट गाविसका साथै बागलुङको तमान, लाम्मेला, ढोरपाटनलगायतका क्षेत्रमा जाने मार्ग समेत रहेको फूलबारीलाई व्यापारिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ । खानेपानीसँगै नदीले कटान गरेपछि त्रसित अवस्थामा रहेका स्थानीयले जिविस र भूसंरक्षण कार्यालयबाट सानो बजेट उपलब्ध गराइएकाले तटबन्ध निर्माणमा समेत समस्या भएको बताएका छन् । बाढीले गाउँका पाँच घरपरिवार विस्थापित भएका थिए भने फूलबारीका थप ४५ घरधुरी जोखिममा रहेका छन् ।