ताजा अपडेट :

आदर्शमा शुभकामना तथा विदाई कार्यक्रम

आदर्शमा शुभकामना तथा विदाई कार्यक्रम
आदर्श अङ्ग्रेजी आवासीय मा वि शुभकामना तथा विदाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सेवा दल सि.संं. ४२ औं जुनियर डिभिजनको उत्कृष्ट प्लाटुन हुन सफल विद्यार्थीलाई स्वागत तथा विदाई ज्ञापन गरिएको हो । क्याडेट अफिसर प्रविन्ता चामलिङ नेपालबाट दुई जनामा छनौट भई वंगलादेश  प्रस्थान गर्ने र सोको तयारीको निम्ति नेपाली सेना राष्ट्रिय सेवा दलमा तयारी अभ्यासको निम्ति जाने भएकाले शुभकामन तथा बिदाई गरिएको हो । पहिलो कार्यक्रम राष्ट्रिय सेवा दल ४३ औं व्याजले गरेको थियो  । कार्यक्रममा प्रशिक्षक हुदा केशव  पण्डित  र अमलदार भरत भट्ट तथा विदयालयका एकेडमिक पमुख कमल थापा, अन्य शिक्षक कर्मचारी तथा विदयार्थीहरुले फुलमाला सहित शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै विदयालय व्यवस्थापन समिती तथा विदयालय परिवारले भब्य समारोहको आयोजना गरेको थियो । उक्त विशेष समारोहमा विद्यालय व्यवस्थजापन समितिका अध्यक्ष गण्ोशमान श्रेष्ठ, रणदल गुल्म निमित्त गुल्म पति सहसेनानी दिपेन्द श्रेष्ठ, संस्थापक अध्यक्ष लक्ष्मीकान्त आचार्य, ,उपाध्यक्ष दयाराम शर्मा, कोषाध्यक्ष पृथ्विनारायण शर्मा, शिक्षक छनौट समितिका संयोजक बसन्त बहादुर सि.के. सदस्यहरु दिनेश अधिकारी र देव शर्मा, सम्यूर्ण शिक्षक परिवार विदयार्थीहरु, कर्मचारीहरुको सम

उपस्थितिमा प्रिन्सिपलबाट कार्यक्रबारे स्वागत सहित  जानकारी गराउनु भएको थियो ।
अध्यक्ष श्री गण्ोशमान श्रेष्ठ, श्री रणदल गुल्मा निमित्त गुल्म पति सहसेनानी श्री दिपेन्द श्रेष्ठ, लगायत सबैले उनलाई फुलमाला अविरले बधाईका साथ शुभयात्राको शुभकामना प्रदान गरिएको थियो । सो अवसरमा रणदल गुल्मा निमित्त गुल्म पति सहसेनानी दिपेन्द श्रेष्ठ, बाट केहि निर्देशन सहित शुभकामना, अध्यक्षबाट बधाई तथा शुभकामना र प्रिन्सिपल तथा अध्यक्ष बाट विद्यालयको तर्फदेखि धेरै अनुभव र ज्ञान ल्याउनको निम्ति  डायरी कलम र अल्लोको झोला उपहार दिइएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह