- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कृषि संरचना प्रयोग विहीन
कृषि संरचना प्रयोग विहीन
मङ्सिर२, म्याग्दी
ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा निर्माण भएका पूर्वाधार प्रयोगमा आउन सकेका छैनन् ।
करोडाँै खर्च गरेर निर्माण गरिएका कृषि उपज सङ्कलन केन्द्र, हाटबजार टहरा र बीउ प्रशोधन केन्द्रको भवन प्रयोग विहीन अवस्थामा छन् । कृषकले कृषि उपज बिक्रीका लागि नल्याउनु, पर्याप्त उत्पादन नहुनु, समन्वयको कमी र व्यवसायीको असहयोगका कारण पूर्वाधार प्रयोगमा आउन नसकेका हुन् ।
“सङ्कलन केन्द्र र हाटबजार सञ्चालन भए तरकारी, फलफूल र पशुजन्य उत्पादन बजारीकरण गर्न सजिलो हुने थियो” बाबियाचौर ताराखेतका कृषक थमप्रसाद पौडेलले भन्नुभयो । बाबियाचौर, अर्मन, कुहुँ र बरङ्जाका कृषकलाई लक्षित गरेर माटेबगरमा स्थापना गरिएको हाटबजार र कृषि उपज सङ्कलन केन्द्र तीन वर्षदेखि बन्द छ । यसैगरी बेनी, महभिर, भुरुङ तातोपानी, घार र सिङ्गा तातोपानीमा पछिल्लो पाँच वर्षयता आठवटा कृषि उपज सङ्कलन केन्द्र निर्माण भएका छन् । बाबियाचौर र बेनीमा साप्ताहिक हाटबजार सञ्चालन गर्न टहरा निर्माण गरिएको छ । रत्नेचौर, रणवाङ र ताकममा बीउ प्रशोधन तथा भण्डारण भवन निर्माण भएको छ ।
हाल ताकमको बीउ भण्डारण, बेनीको हाटबजार र सिङ्गो तातोपानीको सङ्कलन केन्द्र आंशिक रुपमा सञ्चालनमा छन् । प्रयोगविहीन पूर्वाधार संरक्षणमा बेवास्ता गरिँदा जीर्ण बन्दै गएका छन् । सङ्कलन केन्द्र र हाटबजार सञ्चालन गर्न सकेमा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गर्ने कृषि उपज सङ्कलन गरी बजारीकरण, कृषकले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्यमा खरिद गर्नुपर्ने समस्या न्युनीकरण हुने वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल बताउनुहुन्छ ।