- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
तिलाहारमा सार्वजनिक सुनुवाई
तिलाहारमा सार्वजनिक सुनुवाई
कार्तिक २९,पर्वत
पर्वतको तिलाहार गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाविस कार्यालयको आयोजना र एलजिएएफ कार्यक्रमको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा गाविसवासीहरुले गाविसले विगत ८ वर्षदेखि पेश्कि फस्र्यौट नगरेको, योजना छनौटमा वादविवाद हुने गरेको, लक्षित वर्गको कार्यक्रम लक्षित समुदायलाई थाहा नहुने जस्ता गुनासो गरेका छन् । त्यस्तै गाविसमा राजनितिक सयन्त्रले आवश्यकतालाई भन्दा पहुँचका आधारमा योजना छनौट गर्ने गरेको पनि उनीहरुले गुनासो गरेका थिए ।
गाविस सचिव दयाराम शर्माले गाविसवासीहरुको गुनासोको सम्बोधन गर्दै गाविसवासीको सुझावका आधारमा गाविसमा काम हुने बताउनुभयो । आगामी दिनमा विगत भएका कमजोरीहरु नदोहरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफु गतवर्ष देखि सचिवको रुपमा आएकाले सुधारका प्रक्रिया क्रमश शुरु गर्दै गएको जानकारी दिनुभयो । गाविसवासीहरुले गाविस सयन्त्र भन्दा राजनितीक सयन्त्रलाई वढि दोष लगाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका गाउँ सभापति गजेन्द्रबहादुर मल्ल, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष वावुराम पराजुली,नेकपा माओबादी केन्द्रका अध्यक्ष नम्रता नेपाली, क्रान्तिकारी माओबादीका प्रकाश जंग लामिछाने, राष्ट्रिय जनमोर्चाका जितवहादुर लामिछाने लगायतले गाविसलाई आगामी दिनमा पारदर्शी र जनसहभागितात्मक विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत सामाजिक परिचालक सीता विकले गर्नुभएको थियो भने एलजिएएफ कार्यक्रमले गरेका प्रगतिको बारेमा अनुगमन अधिकृत सुदिप लामिछाने र सञ्चालन रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारीले गर्नुभएको थियो । गाविस कार्यालयले अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने नितिगत व्यवस्था रहेको छ । पर्वतका कतिपय गाविसले सार्वजनिक सुनुवाई नै गर्दैनन् । एलजिएएफ कार्यक्रमले सबै गाविसलाई सार्वजनिक सुनुवाई गर्न आग्रह गरेको छ ।