ताजा अपडेट :

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

म्याग्दी ३१ भदौ । म्याग्दीको बेनी नगरपालीका ३ गौस्वाँरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार राती परेको चट्याङ् लागेर अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षिया थलकुमारी सुवेदी (सावीत्री) को मृत्यु भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।

    घाइते रुपा कार्की, मनिसरा घिमीरे र चिनु घिमीरेलाई उपचारका लागि रातीनै धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताउनुभयो ।
दुई जना सामान्य घाईतेको घरमै उपचार भैरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह