- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
पर्वतका ट्याक्सी व्यावसायीद्धारा मुलुककै अग्लापुलमा जाने सडक मर्मत
पर्वतका ट्याक्सी व्यावसायीद्धारा मुलुककै अग्लापुलमा जाने सडक मर्मत
पर्वत,२४कार्तिक
पर्वत बिश्वकै आकर्षक र हेर्न लायक पुलका सुचीमा परेका पर्वतको कुस्मा स्थित मुलुककै अग्ला झोलुङ्गे पुलमा पुग्ने सडक अवस्था नाजुक बनेपछि स्थानिय ब्याबसायीले मर्मत गर्न थालेका छन कुस्माबजारका ट्याक्सी ब्याबसायीहरुले कुस्माबजारको बड्गाउँ सशस्त्र प्रहरी गणको गेट देखि दुई वटा अग्लापुल रहेको बड्गाउँ सम्मको सडक मर्मत गर्न थालेका हुन ।
पुलमा दैनिक रुपमा हजारौ पर्यटक आउने तर बाटोको अवस्थाका कारण समस्या भोग्न थालेपछि मर्मत थालिएको धौलागिरी टयाक्सी तथा जीप यातयात ब्यबसायी प्रालिका सचिब दयाराम शर्माले बताए । प्रालिमा आबद्ध ब्याबसायीहरुले बाटोको सामान्य मर्मत गरि यात्रा सहज बनाउन खोजेको उनले जानकारी दिए ।मुस्ताङ्ग जाने धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको कुस्माबजारमा रहेका अग्लापुलहरु पर्यटकहरु मुस्ताङ्ग जाँदा र फर्कदा अवलोकन गर्न थालेका छन । मुस्ताङ्ग जाने र फर्कने पर्यटकहरुले एक पटक अग्लो पुल हेर्नका लागि आउने गरेका छन । यसले गर्दा आन्तरिक पर्यटकको राम्रो बिकास भएको छ । बड्गाउँ देखि बड्गाउँ– कैया पुल सम्मको बाटो कालोपत्रे गर्ने र पुल नजिक पार्किङ्गको राम्रो ब्यबस्था नहुँदा पर्यटककले समस्या झेल्दै आएका छन । यसलाई कुस्मा नगरपालिका र पर्यटनसँंग सम्बन्धित पक्षले छिटो ध्यान दिन आवश्यक भएको प्रालिका अध्यक्ष बिष्णु पुरीले बताए ।
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुल बनेको छ । कुस्मा –कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । कुस्माबाटै सबैभन्दा पहिले ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुल समेत निर्माण भएको छ। यो पुलमा पनि दैनिक हजारौ आन्तरिक पर्यटक आउँछन । पुल वरपर पार्क समेत बनाइएकोले पर्यटकलाई सुबिधा पुगेको छ ।
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्र संग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो झोलुङ्गेपुल सम्पन्न हुने अवस्थामा पुगेको छ । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने बताइएको छ । अग्लापुल हेर्न आउनेहरु यो पुल निर्माणको चरणमा भएपनि यहाँ पुग्ने गरेका छन । तीन वटा पुल पाँच मिनेटको दुरीमा भएकाले धेरै आन्तरिक पर्यटक आउने संभावना छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"