ताजा अपडेट :

मुडिकुवा–लमाए सडक खण्डको काम तिब्र रुपमा अगाडी, बाटो कालोपत्रे हुने भएपछी स्थानीय हर्षीत

मुडिकुवा–लमाए सडक खण्डको काम तिब्र रुपमा अगाडी,
बाटो कालोपत्रे हुने भएपछी स्थानीय हर्षीत

भाद्र ३१ पर्वत

पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाए सडक खण्डको काम फलेवासको मुडीकुवा देखि लमाएखोला सम्मको करिब ७.६ कि.मी.सडक खण्डमा स्तरबृद्धिको काम तिब्र पारीएको हो ।
       अहिले चक्ल्याउने,तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगाएतको कामले तिब्रता पाएको छ । उक्त सडक खण्डको काम वसीफ प्रालि बाग्लुङले २०७४ असार भित्र सम्पन्न गर्ने गरी २०७२ जेष्ठ बाट सडक स्तरोन्नतीको काम सुरु गरेको हो । नाकाबन्दीको कारण सुस्त भएको निमार्ण  दुर्त गतीमा अघि बढेको छ ।

 पहिलो चरण मा लमाए सम्मको ७.६ कि.मि. सडक कालोपत्रे गर्न ११ करोड लागत लाग्ने बताईएको छ । सडकको स्तर १० मिटर फराकिलो बनाईनुका साथै मोड तथा ग्रेड सुधार र ह्यूम पाईप, कल्भर्ट निर्माण र कालोपत्रे सडकको मुख्य कार्यहरु रहने कम्पनीका डाईरेक्टर मङ्गल तामाङले जानकारी दिनुभयो । अहिँले सडकको काम लाई समयमै सु सम्पन्न पार्नको लागी ३ ओटा स्काभेटर तथा डोजर, ७५ जना ज्यामी र ३ ओटा ट्याक्टर लगाएतका मेशिन परिचालन गरेको उहाँले बताउनुभयो ।

    उक्त सडक लाई अबको केहीँ समयमै दक्षीण गाबिस लुखं हुदै हुवास सम्म स्तरउन्नती गर्न आफु लागी परेको पर्वत क्षेत्र नं.२ का सासंद विकास लम्सालले बताउनुभयो । उहाँले मुडिकुवा देखि लमाए सडक खण्डको कालो पत्रे गर्न लाग्ने बजेट अर्थमन्त्रालयबाट आफ्नो पहलमा बिनियोजन भएको दाबी गर्नुभयो । उहाँले पहिलो चरणमा लमाएखोला सम्म कालोपत्रे गरिए पनी यस्लाई हुवास सम्म पुराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।


लमाएखोला देखि हुवास सम्मको सडकको स्तरबृद्धिका लागी अर्थमन्त्रालयमा ४७ करोडको टेन्डर प्रक्रिया अघी बढेको उहाँले जानकारी दिनुभयो । लम्सालका अनुसार फलेवास—हुवास सडक खण्डको सर्वे पनि सम्पन्न भईसकेको छ । दोश्रो संविधानसभाको निर्वाचनमा जनतालाई गरेको प्रतिवद्धता अनुसार आफ्नो क्षेत्रको गाउ“देखी सहरसम्मको सडक निर्माणको काम शुरु गरेको  सभाषद लम्सालले बताउनु भएको छ ।  उक्त सडक निर्माण पश्चात ग्रामीण उद्योग र पर्यटनको विकास भै स्थानीय जनताको आर्थिक स्तरमा वृद्धि हुने उहाँले बताउनुभयो


  लामो समयदेखी गाविस तथा नगरपालीको वेवास्थाका कारण बन्न नसकेका, मर्मतसंभार हुन नसकेर  विग्रेका, भत्केका सडक तथा आफ्ना घर अगाडीका सडकहरु सभाषद् लम्सालको पहलमा धमाधम बनाउन थालेपछि आफुहरु खुसी र उत्साहित भएको स्थानिएले बताए  ।    यस ठाउँको सडक बर्षातको समयमा खाल्टा खुल्टी हुनुकासाथै सडक हिल्लामे भई सवारी ठप्प हुदाँ उक्त ठाउँका जनताहरुले सास्ती खेप्नुपरेको थीयो । पर्वत क्षेत्र नं.२ मा नै पहिलो पटक सडक कालोपत्रे हुने भएपछी यस ठाउँका बासीन्दा निकै हर्षित भएका छन् । सडक बाट यस क्षेत्रका हजारौँ जनताहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह