ताजा अपडेट :

ठुलीपोखरीमा गाँजा फडानी

ठुलीपोखरीमा गाँजा फडानी
भाद्र ३१ पर्वत
गाउँगाउँमा गाँजाको सेवनबाट अपराधिक क्रियाकपाल बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्र्वत प्रहरीले गाँजा फडानी अभियान शुरु गरेको छ ।अभियान अन्तर्गत बिहीवार पर्वतको ठुलीपोखरी गाविस–८ रोहोटेमा गाँजा फडानी गरिएको छ । स्थानिय वासीको खेतवारीमा उम्रिएको गाँजा प्रहरीको ठुलीपोखरी चौकीवाट खटिएको टोलि र स्थानिय वासीको पहलमा फडानी गरिएको हो । झण्डै २ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रहरीले हरेक वर्षका यहि समयमा गाउँ गाउँमा गाँजा फडानी अभियान थाल्दै आएको छ । ग्रामीण क्षेत्रमा कतिपयले खेती गरेर वा कतियको बारिमा आफै उम्रिएर फस्टाएको गाँजा नष्ट गर्न थालिएको प्रहरीले जनाएको छ ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह