ताजा अपडेट :

सांसद लम्साल द्धरा मुडिकुवा गाबिसका जेष्ठनागरिकहरु लाई सम्मान

सांसद लम्साल द्धरा मुडिकुवा गाबिसका जेष्ठनागरिकहरु लाई सम्मान
कार्तिक १५,पर्वत

पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले मुडिकुवा गाबिसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको छ । गाविसका सबै बृद्धबृद्धालाई सम्मान गरौँ जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो  भन्ने नाराका साथ निर्वाचन क्षेत्रका २९ वटै गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गर्नुभएका सांसद लम्सालले उक्त अभियान अन्र्तगत आईतबार त्यहाँका बृद्धबृद्धा लाई सम्मान गर्नुभएको हो ।


 दुई वर्ष अगाडीदेखि शुरु गरेको उक्त अभियान अन्तर्गत लम्सालले मुडिकुवा गाविसका १७० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर,फलफुल र मिष्ठान्न भोजन खुवाएर सम्मान गर्नुभएको हो । गाविसको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका जेष्ठनागरीकहरु लाई सम्मान गरिएको सांसद लम्सालले बताउनुभयो । गाविसको माटेदेवल जनसहयोगी नि.मा.बि.को प्राङणमा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला संसदले सम्मान गर्दा सम्मानित जिवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो । बृद्धबृद्धा हाम्रो समाजका गहना भएको भन्दै उहाँले जेष्ठनागरिको सम्मान गर्नु प्रत्यक सन्तानको पहिले दायित्व भएको बताउनुभयो ।


समाजममा भएका दीनहीन असहाय अशक्त अनाथ र बुढ्यौलीले सताएका व्यक्तिलाई स्याहारसुसार गर्ने हरेका नागरिको दायीत्व भएको बताउनुभयो । जेष्ठनागरिक हरेक न्याँ पुस्ताका ज्ञान,सिप र प्रेरणका मुहान भएको भन्दै लम्सालले उनीहरुले जिवनभर हासिल गरेका अनुभव र अनुभुति बृद्धबृद्धाको स्याहार गरेर आर्जन गर्न सकिने बताउनुभयो । लम्सालले जेष्ठनागरिक हरुलाई कहिल्येहीँ नरुहाउन समाजबासी लाई आग्रह गर्दै हासीँ हासीँ जिवन जिउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । हाल सम्म ७ गाविसका जेष्ठ नागरिकलाई सम्मान गर्नुभएका लम्सालले क्षेत्र नं. २ का २९ ओटा गाबिसहरुका जेष्ठनागरिकलाई सम्मान गर्न करिब ३० लाख बजेट बिनियोजन गरेको जानकारि दिनुभयो ।
   कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्ध  दुर्गा प्रसाद गौडेलले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणिय हुने भन्दै उक्त कार्य आफुहरुका लागी प्रसंसनिय र स्रहनिए भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।


जेष्ठनागरिक सम्मान कार्यक्रममा  नेपाली काङग्रेस गाउँकार्यसमिति मुडिकुवाका सभापति पुनाखर गौडेल,नेकपा एमाले गाउँ कार्य समिति खानिगाउँका अध्यक्ष  नारायण लामिछाने, राष्ट्रिय अखण्क पार्टी नेपाल पर्वतका अध्यक्ष यूगनाथ गौडेल,जेष्ठ नागरिक समाज पर्वतका कोषाध्यक्ष धनेश्वर रेग्मी,शान्ति समीती मुडिकुवाका अध्यक्ष चेतनाथ कुवँर,अनेरास्वव्यू पर्वतका उपाध्यक्ष लोकेन्द्र पौडेल, सदस्य लकास सुवेदी लागएतले बोल्नुभएको थीयो ।


नेकपा एमाले गाउँ कार्य समिति मुडिकुवाका उपाध्यक्ष उषा तिवारीको अध्यक्षता,नेकपा एमाले जिल्ला कार्य समिति सचिवालय सदस्य टिकाराम गौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य बिष्णु तिवारीले गनुभएको थीयो ।

प्रमुख समाचार

भिडियो संग्रह