ताजा अपडेट :

मुटुका रोगीलाई गाउँघरमै परिक्षण सुबिधा , निशुल्क शिबीरमा एकै दिनमा छ सयको परिक्षण

मुटुका रोगीलाई गाउँघरमै परिक्षण सुबिधा , निशुल्क शिबीरमा एकै दिनमा छ  सयको परिक्षण
 कार्तिक१४ पर्वत
दुर्गम बस्तीमा पुगेर मुटुरोगको परिक्षण गर्ने अभियानका क्रममा पर्वतमा शनिबार निशुल्क मुटुरोग परिक्षण गरिएको छ।
धौलागिरी अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटु सम्बन्धी समस्या परिक्षण गर्ने र उनीहरुको निशुल्क उपचार गर्ने उद्देश्य सहित दुई दिने शिबीर सञ्चालन गरिएको हो ।
पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउँ अभियान लगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिबीरमा पहिलो दिनमा ६ सय भन्दा बढीको परिक्षण गरिएको छ। बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परिक्षण गरिरहेको छ  । शिबीरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईले जानकारी दिए । पहिलो दिन परिक्षण गरिएका बिरामीहरुमा २ जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने १० जना भन्दा बढी भल्ब बिग्रेका बिरामी भेटिएका छन । यसैगरी मुटुके नली ब्लक भएका ५ जना जति बिरामी छन । उनीहरुलाई थप परिक्षण गर्नुपर्ने भएकाले काठमाण्डौ बोलाइएको डा. भट्टराईले बताए ।
    मुटुरोगीको उपचार भन्दा पनि परिक्षणका लागि शिबीर आयोजना गरिएकाले धेरै भन्दा धेरै सर्वसाधरणको मुटु परिक्षण गरिने बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भट्टराईले बताए । मुटु बचाउँ अभियानले मुटुरोगका बारेमा जनचेतना जगाउने, बिभिन्न २० स्थानमा शिबीरहरुबाट परिक्षण गर्ने तथा गम्भीर खालका बिरामीलाई बिदेशमा पठाएर समेत उपचार गराउँदै आएको उनले जानकारी दिए  ।
दुई दिन सम्म चल्ने शिबीरमा  दुई दिन सम्म परिक्षण र उपचार गरिने लायन्स क्लब अफ शिबालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले जानकारी दिए । शिबीर आयोजना गर्न  एन.आर.एनका संयोजक कुल आचार्यले ७० हजार, लायन्सका कुश्मा स्थित डिष्ट्रिक पदाधिकारीहरुले ४० हजार र  लायन्स डिष्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले  २५ हजार सहयोग गरेका छन् ।  
यसअघि शिबीरको  उद्घाटन पर्वतका साँसदहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाइले संयुक्त रुपमा गरे  । कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद  जोशीले मानव जिवनमा मुटु सबैभन्दा महत्वपूर्ण अंग भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।  पर्वत जिल्लामा मुटु रोगका कारण धेरै मानिसको मुत्यु भएको भन्दै जिल्लामा स्वास्थ्य समस्या बढ्दै गएको भन्दै यसको निराकरणका लागि सबैले चासो दिन आग्रह उनले आग्रह गरे ।
कार्यक्रममा अर्का  साँसद विकास लम्सालले शिविरवाट जनताहरु प्रत्यक्ष लाभान्वित हुने बताए । डा. भट्टराईको नेतृत्वमा पर्वतका धेरै मुटुरोगीले उपचारको सुबिधा पाएको भन्दै सभासद लम्सालले उनको कामको प्रशंसा गरे । अर्की साँसद कल्पना चापागाईले नेपाल जस्तो विकासन्मुलन देशमा मुटु रोगका कारण हजारौ मानिसले अकालमै ज्यान गुमाएको भन्दै त्यसलाई रोक्न यस्ता अभियानहरु प्रभाबकारी हुने बताइन ।
 लायन्स क्लव अफ शिवालयका अध्यक्ष विषमकुमार श्रेष्ठ, लायन्स क्लबअफ कुस्मा सिटीकी अध्यक्ष चित्रकला भारती, लायन्सक्लब अफ मोदीकालीको अध्यक्ष गोबिन्द आचार्य, ब्रिज सिटीका अध्यक्ष शिब अधिकारी, पर्वत चौतारीका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुपं्रसाद मरासिनी, बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई, जिल्ला अस्पताल कुश्माका डाक्टर सरोजचन्द्र दाहाल, लायन्स क्लबका  डिस्ट्रिक अडभाईजर काशीकुमार जोशी, कएन.आर.एनका सदस्य शिव सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा शिबीरबा बारेमा शिबालयका अध्यक्ष बिषमुकुमार श्रेष्ठले गरेका थिए भने  स्वागत कुस्मा सिटीकी अध्यक्ष चित्रकला शर्मा र धन्यबाद मोदीकालीका अध्यक्ष गोबिन्द सुबेदीले गरेका थिए  । कार्यक्रमको लायन्स क्लब अफ हिमवहादुर क्षेत्रीले गरेका थिए ।

नेपाली काँग्रेस वडा कार्यसमिति कुश्मा नगरपालिका ११ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तिहार, छठ् नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा साँसद सदस्य अर्जुनप्रसाद जोशीले जिल्लाको विकासमा सबै दलको साझा धारण आवश्यक रहेको बताउनु भयो । राजनितिक हिसावले फरक – फरक दलको भएपनि जिल्लाको विकासमा सबै दलको एउटै धारण आवश्यक रहेको औल्याउनु भयो । साँसद जोशीले देशले समृद्धि चाहेको बताउँदै सबै दल मिलेर संविधान कार्यान्वयमा लाग्नुपर्ने सुझाव दिनु भयो ।

 नेपाली काँग्रेस वडा कार्यसमिति कुश्मा नगरपालिका ११ का सभापति सागर गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य लालकाजी गुरुङ, बसन्तवहादुर सिके,महाधिवेशन प्रतिनिधी कलावती पुरी, जिल्ला कार्यसमिति सदस्य शेरवहादुर आचार्य, नगर विकास समिति पर्वतका अध्यक्ष मोहन आचार्य, नगर विकास समितिका सदस्य झलक शर्मा पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै सो अवसरमा वडावाट प्रतिनिधीत्व गदै नगर, जिल्ला, तरुणदल हुदै महाधिवेशन प्रतिनिधीमा रहनु भएका कलावती पुरी, शेरवहादुर आचार्य, रमाकान्त शर्मा, झलक शर्मा पोखरेल, विष्णुराज पुरी, धनवहादुर ठकुरी लगायतलाई सम्मान गरिएको छ । गोविन्द्र पोखरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा कार्यसमिति ११ का कोषाध्यक्ष योगराज गिरी बद्रिले गर्नुभएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह