ताजा अपडेट :

पर्वत जिल्ला अस्पतालमा औषधीको अभाव ।।

पर्वत जिल्ला अस्पतालमा औषधीको अभाव ।।
कार्तिक१४ पर्वत

पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधीको अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, संक्रमणमा प्रयोग हुने एण्टिवायोटिक एमोक्सिसिलिन लगायत १८ किसिमका औषधीको अभाव भएको छ । दमका बिरामीले नियमित सेवन गर्ने साल्वुटामोल ४ एमजी, दुखाईमा प्रयोग गर्ने व्रुफिन, वुस्कोपान, आखाँको औषधी सिप्रोफ्लाक्सिन, जुकाको औषधी अल्वेण्डाजोल लगायतका अत्यावश्यक औषधी अस्पतालमा सकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर सरोजचन्द्र दहालले जानकारी दिनुभयो ।
अहिले स्लाइन र गर्भवती महिलालाई निःशुल्क वितरण गरिने आइरन चक्किको समेत अभाव भएको उहाँले बताउनुभयो । सरकारले अत्यावश्यक ७२ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पतालमा मुस्किलले ३० प्रकारका औषधीहरु मात्रै वितरण हुने गरेको छ । जिल्ला अस्पतालमा औषधीको स्टोर रित्तिन थालेपछि बिरामीलाई नीजि क्लिनिकमा औषधी किन्न पठाईने गरेको छ । पोहोर साल ढिलो गरि औषधीको टेण्डर पठाएका कारण अहिले सम्म औषधी आयात हुन नसेकेको डाक्टर दहालले बताउनुभयो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह