- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कृषकको प्रबिधि र सेवामा पहुँच बढाउन प्राथमिकता
कृषकको प्रबिधि र सेवामा पहुँच बढाउन प्राथमिकता
कार्तिक १४ म्याग्दी
कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सरकारले कृषकको प्रबिधि र सेवामा पहुँच बढाउन जोड दिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले कृषि उत्पादनलाई वृद्धी गर्न कृषकको प्रबिधि र प्राबिधिक सेवामा पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । यस वर्षदेखि प्रधानमन्त्री कृषि परियोजना अन्तरगत स्थान बिशेष जोन, सुपर जोन र बल्क आयोजना सञ्चालन गर्न लागिएको जानकारी दिदै मन्त्री चौधरीले कृषकलाई निवृतीभरण सेवा दिने विषयमा सर्वेक्षणको काम अघि बढाइएको बताउनुभयो ।
कृषक समूह, सहकारी र ब्यवसायीक फार्मलाई लक्षित गरेर मन्त्रालय र विभिन्न परियोजनाहरुले कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । यसैगरी मन्त्री चौधरीले सहुलियतको कृषि कर्जा सहज र सरल रुपमा पाउने ब्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसंग छलफल अघि बढाएको बताउनुभयो ।
बाली बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन कृषकलाई सचेत र प्रचारप्रसारमा जोड दिइएको मन्त्री चौधरीले जानकारी दिनुभयो । अनुदान पाउनका लागि मात्र कृषि ब्यवसाय गर्ने र अनुदान सकिएपछि बन्द गर्ने प्रवृती समस्याको रुपमा देखिएको बताउदै उहाँले त्यसलाई नियन्त्रण गर्न अनुगमन भैरहेको र कृषक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका चौधरीले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख र असन्तुष्ट दलहरुसंग सहमती गरेर संबिधान संसोधनको तयारी गरेको जानकारी दिनुभयो । स्थानीय तहको टुङ्गो लागेपछि सरकारले निर्वाचनको मिती घोषणा गर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमख आयुक्त लोकमानसिङ कार्कीले संबिधान, कानुन र मूल्य मान्यता विपरीत काम गरेकाले उनको विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभयो । महाअभियोग प्रस्तावले मुख्य दलहरु नजिकीएकाले राजनितिक वातावरण सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भारत र चिनका राष्ट्रप्रमुखको आसन्न भ्रमण नेपालको आर्थिक र विकास निर्माणका साथै सम्बन्ध सुधारमा उपलब्धीमुलक बन्ने मन्त्री चौधरीको भनाई थियो । छिमेकी देशका राष्ट्रपतीको भ्रमणका क्रममा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोध र सबै राजनितिक दलको सहमतीमा भएको उहाँले बताउनुभयो ।
प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिव सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"