- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ब्लडक्यान्सर पिडित महिलाद्धारा सहयोगको अपिल
ब्लडक्यान्सर पिडित महिलाद्धारा सहयोगको अपिल
बागलुङ १३ कार्तिक
ब्लडक्यान्सर रोगवाट पिडित यहाँकी एक महिलाले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकि छिन् ।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी बागलुङ नगरपालिका–७ की ४२ वर्षिया महिला धनमाया विश्वकर्माले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकि हुन् । चार छोरी र एक नावालक छोराकी आमा समेत रहेकी विक अहिले राजधानीमा त्रिविवि शिक्षण अस्पतालमा उपचाररत रहेकी छिन् । दिनभरी श्रम गरेर रातीको छाक टार्ने समस्या भएको परिवारमा एक्कासी ब्लड क्यान्सरजस्तो रोग बल्झिएपछि परिवार विचल्ल्लीमा परेका छन् ।
आमाको उपचार राजधानीमा भैरहँदा घरमा चार छोरी सहित नावालक छोराको झनै बिचल्ली परेको छ । उपचार गर्नका लागि पर्याप्त रकम नहुँदा अहिले जीवन मरणको दोसाँधमा छटपटिइरहेको उनकी छोरी पुनम विकले बताईन । उनका छोरीहरु मध्ये एउटीको विवाह भैसकेको छ भने अर्का तीन जना भने कक्षा १०, ८, ७ मा अध्ययनरत रहेका छन् ।
रोजगारीका लागि पिडित महिलाका श्रीमान हिमबहादुर विक साउदी अरबमा भएपनि गतिलो कमाई नभएका कारण घर फर्किन सकेका छैनन् । उनको उपचारका लागि झण्डै १५ लाख उपचार खर्च आवश्यक पर्ने भएपनि अहिले १५ रुपैया पनि नहुँदा झनै समस्या थपिएको पिडित महिलाले रुदै गुनासो गरिन् । उनले भनिन् ‘उपचार गरेर निको भएमा पुनः मजदुरी गरेर परिवारको लालन पालन गर्ने थिए यदि म मरे भने मेरो नावालक छोरा सहित छोरीहरुको बिचल्ली हुन्छ ।’
खेतवारीको नाममा सानो झुपडी मात्रै छ अन्य आम्दानीको कुनै बाटो छैन उनले आँसु पुछ्दै भनिन् कुनै निकाय वा व्यक्तिले आर्थिक सहयोग गरिदिएमा निकै ठुलो कल्याण हुने थियो । गरिबीको कारण आफु उपचार गर्न नसकि मृत्युशैयामा छटपटाउनुपरेको बताईन ।
शुरुमा ढाड दुःख्ने समस्या भएपछि बागलुङमा रहेको धौलागिरि अञ्चल अस्पताल, पोखराका विभिन्न अस्पतालमा पुगिन तर निको नभएपछि राजधानीमो त्रिवि शिक्षण अस्पतालमा पुगेर परिक्षण गराउँदा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । उनि विगत एक महिनादेखि उक्त अस्पतालमा उपचार गरिरहेकी छिन् । पर्याप्त रकम जुटाएपछि मात्र उपचार हुने भएकोले चिकित्सकहरुले रकमको जोहो तत्काल गर्न भनेपनि अहिलेसम्म एक रुपैया कतैवाट सहयोग नभएपछि उपचार हुने अवस्था नरहेको उनका आफन्तहरुले गुनासो गरेका छन् । उनलाई एक साताभित्रै उक्त रकम जम्मा गर्न पनि अस्पतालले ताकेता गरेको छ ।
पिडित परिवारले सहयोगका लागि ९८२१३२८३५७ मा सम्पर्क राख्न पनि आग्रह गरेका छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"