ताजा अपडेट :

स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादान

 स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादान
ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्तिमगरको परिवारले १२ लाख मूल्य पर्ने तीन रोपनी जग्गादान गरेका हुन् ।“

स्वास्थ्यचौकीलाई घर्तिमगरको परिवारले १२ लाख मूल्य बराबरको जग्गा दिनुभएको छ, भवनका लागि बजेटसमेत परेको जानकारीले थप उत्साहित छौँ,” स्वास्थ्यचौकी विकास समितिका सदस्य रेशम पुनले भन्नुभयो ।  स्वास्थ्यचौकी व्यवस्थापन समितिका अनुसार १२ लाख २२ हजार मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दामको जग्गाको लालपुर्जा हस्तान्तरण भइसकेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाविसमा नियमित सडक सञ्जाल सञ्चालन नहुँदा त्यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाएका छैनन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह