ताजा अपडेट :

पर्वतको लुंखुदेउराली अहालेमा हुने भयो , भव्य तिहार मेला

पर्वतको लुंखुदेउराली अहालेमा हुने भयो , भव्य तिहार मेला
 पर्वत, १० कार्तिक
नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा पर्वतको लुंखुदेउराली अहालेमा यहि कार्तिक ११ देखि १३ गते सम्म विविध प्रतियोगिता सगै सास्कृतिक कार्यक्रम हुने भएको छ ।
बालवालिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष प्रदिप सुनारले बताउनु भयो । क्लवले बाल क्लव स्तरिय  भलिवल प्र्रतियोगिता सगै वालगीत म्युजिकल चियर प्रतियोगितको आयोजना गरेएको खेलकुद संयोजक सागर सुनारले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगितामा विजेताले ५ हजार ,उपविजेताले ३ हजार र तेस्रोले १५ सय सहित प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा सहभागीे टिमले यही कार्तिक ११ गते सम्म टिम दर्ता गर्न सक्ने बाताईएको छ ।
कार्यक्रमको लागि विभिन्न ठाउँमा आर्थिक संकलन अभियान समेत सुरु गरिएको अभिभावक एवंम कार्यक्रम आर्थिक संयोजक जंग बहादुर सुनारले बताउनु भयो ।
कार्यक्रम यहि कार्तिक १३ गते विभिन्न राजनितिक दलका नेता विभिन्न संघस्थाका प्रतिनिधि वुद्धिजिवि पत्रकारहरुको साथमा चर्चित गायक तेजश रेग्मी, कृष्ण अखेली,माधव पराजुली, रितु ब्र्रोकन,याम क्षेत्री, लगायत हास्य कलकार निर्मल पौडेल (भर्जिन तिर्खे)  भुमी सुवेदी(घोप्टे) अर्जुन क्षेत्री लगायत स्थानिय कलकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथमा समपन्न हुने क्लवका सल्लाहकार एंवम कार्यक्रम संयोजक दिपेश विश्वकर्माले जानकारी दिनुभयो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह