ताजा अपडेट :

विपन्न परिवार सहयोग हस्तान्तरण

विपन्न परिवार सहयोग हस्तान्तरण
बाग्लुङ, १० असोज

मालिका सेवा समाज जापानले सर्पको टोकाईबाट मृत्यु भएका मालिकाको एक विपन्न परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मालिका सेवा समाज बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गत भदौ २४ गते मालिका–७ पञ्चासेमा सर्पको टोकाईबाट मृत्यु भएका ९ वर्षिय बालक विरु किसानको परिवारलाई नगद ११ हजार सहयोग रकम प्रदान गरिएको हो ।

किसान परिवारको दैनिकीमा सहजता आओस भनि सेवा समाज जापानले मालिका सेवा समाज बागलुङको सहकार्यमा मृतक किसानकी आमा पुतली किसानलाई रकम हस्तान्तरण गरेको मालिका सेवा बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरले जानकारी दिए ।
सो अवसरमा बोल्दै पुर्व राज्यमन्त्री रामजप्रिसाद शर्माले समाज विकासका लागि युवाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले संस्था स्थापना भएको छोटो समय अवधिमा पनि मालिका सेवा समाज बागलुङले उपलव्धीमुलक काम गरेको भन्दै हस्तान्तरण गरिएको रकम पिडित परिवारलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।


कार्यक्रममा मालिका सेवा समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा, मालिका सेवा समाज जापानका संरक्षक नारायण सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । समाजले यसअघि पनि पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखा संगको सहकार्यमा नगद १० हजार रकम सहयोग गरिसकेको समाजका सचिव जीवननाथ शर्माले जानकारी दिए ।
कार्यक्रम मालिका सेवा समाज बागलुङका अध्यक्ष दुर्गाबहादुर कुवँरको अध्यक्षता, उपाध्यक्ष सीता सापकोटाको स्वागत र सचिव जीवननाथ शर्माको संचालनमा  सम्पन्न भएको थियो । मृतक विरु किसानको सर्पले टोकेपछि उपचारको क्रममा पोखरा लैजाने क्रममा गत भदौ २४ गने मृत्यु भएको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह