ताजा अपडेट :

आदर्श सञ्चार सहकारीद्वारा मृतक राहत रकम प्रदान

आदर्श सञ्चार सहकारीद्वारा मृतक राहत रकम प्रदान

बागलुङ, १० कार्तिक
आदर्श सञ्चार सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यको परिवार निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी राहत हस्तान्तरण गरेको छ । बानपा–१ रामरेखामा बस्दै आएका शेयर सदस्य सरस्वती बोहराका श्रीमान तथा शेयर सदस्य एवं पूर्व सहसचिव विवेक बोहराका पिता पञ्चबहादुर बोहराको ५२ बर्षको उमेरमा असामयिक निधन प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
कार्यक्रममा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी सहकारीकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले शेयर सदस्यका परिवारलाई सहयोग समेत गरेको छ । आफ्ना शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका आफ्नाको निधन हुँदा ५ हजार राहत प्रदान गर्ने संस्थाको नीति अनुसार बोहराका परिवारलाई १० हजार रुपैँया प्रदान गरेको हो । संस्थाले शेयर सदस्य सरस्वती बोहरा र विवेक बोहराको ५÷५ हजार गरी उक्त राहत रकम प्रदान गरेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।
संस्थाले परिवारका तर्फबाट कविता बोहरालाई नगद हस्तान्तरण गरेको थियो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह