- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
बुर्तिबाङ नगर–हप्तामै दुई फरक निर्णय
बुर्तिबाङ नगर–हप्तामै दुई फरक निर्णय
बागलुङ, १० कार्तिक
बुर्तिबाङलाई केन्द्र मानेर बन्ने स्थानिय निकायलाई नगरपालिका बनाउने विषयमा स्थानिय राजनैतिक दलले फेरी अर्को निर्णय गरेका छन् ।
बुर्तिबाङ नगरविकास समितिको आयोजनामा सोमबार भएको सर्वदलिय बैठकमा बुर्तिबाङ गाविस समेत पर्ने ईलाका नम्बर–१० का ४ ओटा, १२ मा पर्ने ४ ओटा र ईलाका नम्बर–१३ मा पर्ने ३ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गरेका हुन् ।
स्थानिय निकाय गठन सम्बन्धि एउटै विषयमा दलहरुको एकहप्ता भित्रै दुई फरक–फरक निर्णय आएको हो । यसअघि कात्तिक २ गते ईलाका नम्बर–१० का ४ ओटा गाविसको मात्रै नगरपालिका बनाउने निर्णय गरेका थिए ।
त्यो बैठकमा सबै गाविसलाई एकमत बनाउन नसकिने भन्दै ११ गाविसलाई नै नगरपालिका बनाउने विषयलाई दोस्रो विकल्पमा राखिएको थियो । पहिलेदेखि नै बुर्तिबाङलाई नगरपालिका बनाउनु पर्ने माग राख्दै आएका दलहरुले जिल्ला प्रविधिक समितिले गाउँपालिका नै बनाउने सिफारिस गरेपछि त्यसलाई नमान्ने भन्दै डेलिगेशन समिति गठन गरेका थिए ।
ईलाका नम्बर–१० को मात्र नगरपालिका बनाउँदा साधनस्रोत सम्पन्न बलियो नगरपालिका नबन्ने र २०६८ को जनगणना अनुसार जनसंख्याको मापदण्ड नपुग्ने भन्दै उनीहरुले ३ ओटा ईलाकामा पर्ने निसी, भुजि र तमान खोलाका ११ गाविसको नगरपालिका बनाउने निर्णय गरेका हुन् ।
विगतदेखि नै पछि परेको बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा जसरीपनि नगरपालिका बनाउनुपर्ने दाबी गर्दै नगरविकास समितिा अध्यक्ष अर्जुन सेरचनले भने, “नगरपालिका बनाउने हाम्रो मागप्रति राजनैतिक दलको जिल्ला नेतृत्व र सरकारी निकायले कहिल्यै वास्ता गरेनन्, त्यसैले नगरपालिकाको लागि सवै एक भएर लाग्नुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको हो ।”
ईलाका नम्बर–१० मा बुर्तिबाङ सहित भुजिखोलाका राजकुत, अधिकारीचौर र बोबाङ गाविस पर्दछन् । तमानखोलाका तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविस १२ नम्बर ईलाका अन्तरगत पर्छन् । निसीखोलाका देविस्थान, बोहरागाउँ र निसी चाहिँ १३ नम्बर ईलाकामा पर्छन् । यसअघि जिल्ला प्राविधिक समितिले बुर्तिबाङसहित तमान र भुजीका सात गाविसलाई समेटेर बुर्तिबाङ केन्द्र हुने गरि ढोरपाटन गाउँपालिका प्रस्ताव गरेको थियो ।
यसरी बन्ने नगरपालिकामा बुतिबाङ आफै पहलकर्ता भएको र अधिकारीचौर तथा बोबाङ जिल्ला प्रविधिक समितिको प्रतिवेदनमा पनि ढोरपाटन नगरपालिकामा परेकाले तिनओटा गाविसको मत मिल्ने उनीहरुको निष्कर्ष छ ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"