ताजा अपडेट :

पशुसेवा कार्यालयको वार्षिक पौने तीन करोड

पशुसेवा कार्यालयको वार्षिक पौने तीन करोड
जिल्ला पशु सेवा कार्यालयले चालु आर्थिक वर्ष ०७३÷७४ मा स्वीकृत भएर आएका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
    कार्यालयले यस वर्ष जिल्लाका ४७ गाउँ विकास समिति र १ नगरपालिका भित्र संचालन गर्ने कार्यक्रमहरुका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको हो । चालु आर्थिक वर्षमा कार्यालयमा  २ करोड ८३ लाख ५२ हजार रुपैया प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ९९ लाख ६१ हजार रुपैया बजेट प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा झण्डै १७ लाख रुपैयाले बजेट घटेको हो ।
जस मध्ये पुँजीगत तर्फ १ करोड २४ लाख  ६५ हजार र प्रशासनि बजेट तर्फ १ करोड २१ लाख ५१ हजार रहेको कार्यालय बरिष्ठ पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले जानकराी दिए ।
चालु आर्थिक वर्षमा मेशीनरी औजार र उपकरण खरिद, व्यावसायीक फर्म प्रवद्र्धन कार्यक्रम, पशु आहारा विकास कार्यक्रम, हिउँदे घासको श्रोत केन्द्र स्थापना, पशु प्रजनन् सेवा कार्यक्रम बिस्तारलाई प्राथमिकता दिइएको छ । त्यसैगरी पशुपंछी बजार प्रवद्र्धन कार्यक्रम, रोग निदान सेवा, पशु खोप सेवा, विभिन्न तालिमहरु, बाख्रा प्याकेज कार्यक्रम तथा दक्षित तथा सिमान्तकृत बर्ग विशेष कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
    पछिल्लो समयमा वैदेशिक रोजगारबाट फर्केका युवा युवतीहरु व्यावसायीक रुपमा पशुपालनमा लाग्न थालेकाले उनिहरुको प्रवद्र्धनका लागि कार्यालयले विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यालयका अनुसार पछिल्लो समयमा मासुको रुपमा प्रयोग हुँदै गएका पाडाहरु संरक्षण गर्ने कृषकलाई गोठ सुधारका लागि अनुदान दिने कार्यक्रम लागु गरेको छ । पर्वतको खानीगाउँ गाविसका कृषकले जिल्लामै पहिलोपटक पाडापाडी संरक्षण अभियान शुरु गरेका छन् ।
त्यस्तै कार्यालयले पशु आहारा विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रजातीका घाँसका विरुवा कृषकहरुलाई अनुदानमा उपलव्ध गराउने भएको छ । नेपियर्, सेन्टस्, अम्रिसो, मोलाटो, पास्पालम, सिटेरीया, बदामे लगायतका घासका विरुवाहरु पुर्ण तथा ढुवानी अनुदानमा उपलव्ध गराउने कार्यक्रम समेत अघि सारेको छ । सार्वजनिक कार्यक्रममा सहभागीहरुले स्वीकृत भएर आएका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न आग्रह गरेका छन् । जुन वर्गका लागि भनेर कार्यक्रम माग गरिएको हो ति वर्गहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने गरी कार्यक्रम लागु गर्न माग गरेका हुन् ।
कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज पौडेल, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुखहरुको सभागिता रहेको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह