- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
कार्यालय प्रमुखको मासिक हाजिरी सार्वजनिक गरियो
कार्यालय प्रमुखको मासिक हाजिरी सार्वजनिक गरियो
पर्वत ५ कार्तिक
जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी बिबरण सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको छ। सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा भन्दा अन्यत्र बढी जाने गरेको र कार्यालयमा नबस्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले असोज महिनाको कार्यालय प्रमुखको मासिक रुपमा भएको हाजिरी बिबरण सार्वजनिकगरेको हो ।कार्यालय प्रमुखलाई काम प्रति बढी जवाफदेही बनाउन मासिक रुपमा हाजिरी बिबरण सार्वजनिक गर्ने तयारी अनुसार असोजको बिबरण सार्वनिक गरिएको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले दिएको जानकारी अनुसार दशैको बिदा भएपनि धेरै कार्यालय प्रमुखहरु कार्यालयमा भन्दा काज र घरबिदामा बढी बसेको पाइएको छ । कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी समय कार्यालयमा बस्ने प्रमुखमा जिल्ला कृषि बिकास कार्यालय पर्वतका प्रमुख बासुदेब रेग्मी रहेका छन । उनी असोज महिनामा १८ दिन कार्यालयमा बसेका छन भने उनले एक दिन मात्रै क्याबी बिदा लिएका छन ।
यसपछि सबैभन्दा बढी कार्यालय बस्नेमा जिल्ला मालपोत कार्यालय पर्वतका प्रमुख सुरणप्रसाद शर्मा पौडेल रहेका छन । उनले २ दिन क्याबि र १ दिन जिल्ला भित्र काज बिदा लिएका छन । असोजमा १६ दिन बस्नेमा जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकाल रहेका छन भने भने १४ दिन लिनेमा नापी कार्यालयका प्रमुख पुर्णहरी सुबेदी र घरेलु तथा साना उद्योग बिकास समितिका रमेश राज रेग्मी रहेका छन ।
असोज महिनामा सबैभन्दा कम समय कार्यालयमा बस्नेमा जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी युबराज पौडेल र जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. फडिन्द्र बराल परेका छन । स्थानिय बिकास अधिकारी युबराज पौडेल र जिल्ला स्वास्थ्य प्रमुख डा. फडिन्दं बरालले कार्यालयमा ३ दिन मात्रै हाजिर भएका छन । स्थानिय बिकास अधिकारी पौडेलले ३ दिन जिल्ला भित्र र १३ दिन जिल्ला बाहिर काज बिदा लिएका छन भने २ दिन क्याबि बिदा लिएका छन ।
जिल्ला जनस्वास्थ्य प्रमुख डा. बराल भने ९ दिन जिल्ला भित्र र ७ दिन जिल्ला बाहिर काजमा बसेका छन । उनले क्याबि बिदा २ दिन लिएका छन । त्यसपछि सबैभन्दा कम कार्यालयमा उपस्थित हुनेमा ‘कार्यालयमा सिंचाई बिकास सब डिभीजन प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ परेका छन । उनी ४ दिन मात्रै कार्यालयमा बसेका छन । उनले १४ दिन जिल्ला बाहिर काज लिएका छन भने २ दिन जिल्ला भित्र काज लिएका छन । जिल्ला भूसंरक्षण कार्यालय पर्वतका प्रमुख अजय कार्की सेवाकालिन तालिममा रहेका कारण उनी कार्यालयमा हाजिर भएका छैना ।
कार्यालय प्रमुखहरु बिना काम जिल्ला छाड्ने र कार्यालयमा नबस्ने प्रबृत्ति बढ्न थालेपछि कार्यालयका प्रमुखहरुलाई जवाफदेही बन्न हाजिरी सार्वजनिक गर्ने ब्यबस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रबिण ढकालले जानकारी दिए ।पर्वतमा कार्यालय प्रमुखहरु धेरै समय फिल्ड लेखेर निजी काममा जाने गरेको गुनासो आउने गरेको छ। बिना काम जिल्ला छाड्ने र परिवार भेटघाटका लागि समेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको गुनासो पनि गरिदैआएको छ।निजामति कर्मचारीलाई काम र सेवा प्रति जवाफदेही बनाउन सबै कार्यालयमाअनिवार्य रुपमा बिद्युतीय हाजिरीको ब्यबस्था मिलाउन थालिएको प्रमुख जिल्लाअधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"