ताजा अपडेट :

एमाले सल्यानको अध्यक्षमा खत्री

एमाले सल्यानको अध्यक्षमा खत्री
बागलुङ,५ कार्तिक
नेकपा एमाले सल्यान गाउँ कमिटि बागलुङको अधिवेशनले नर बहादुर खत्रीको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । सल्यानको ठुलापोखरामा सम्पन्न अधिवेशनबाट कमिटिको उपाध्यक्षमा पिताम्वर शर्मा, सचिवमा यम बहादुर खत्री, उपसचिवमा लक्ष्मी खत्री चयन हुनुभएको छ । सदस्यहरुमा टिकाराम शर्मा गौतम, इन्द्रा खत्री, मुनाकला गौतम चयन हुनु भएको छ ।    

    
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कलष्टर नं. ८ का संयोजक सावित्रा राना, क्षेत्र नम्वर २  एमाले उपसचिव सन्त बहादुर गौतम, क्षेत्रीय सदस्य यामबहादुर खत्री लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह