ताजा अपडेट :

संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक ः जि.सी.

संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक ः जि.सी.

    बागलुङ,५ कार्तिक
     नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीेले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि एमालेको नेतृत्व आवश्यक रहेको दावी गर्नु भएको छ ।     ्
     नीतिका हिसावले देश एमालेको मार्गदर्शनमा चलेपनि नेतृत्व एमालेको नहुदा देश अन्यौलमा रहेको भन्दै उहाँले आगामी निर्वाचनबाट एमालेलाई पहिलो पार्टी बनाउन आम जनताले साथ दिनु पर्नेमा जोड दिनुभयो ।     
नेकपा एमाले गाउँ कमिटि बाटाकाचौरको गाउँ अधिवेशनको उद्घाटन पछि बोल्दै जिसीले संविधान कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धनका दलहरुले अलमल गरिरहेकोले खबरदारी आवश्यक रहेको धारणा राख्नु भयो ।     


    
     कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कलष्टर नं. ८ का संयोजक सावित्रा राना, जिल्ला सल्लाहकार समिति सदस्य मुमिश्वर पौडेल, क्षेत्र नम्वर २  एमाले उपसचिव सन्त बहादुर गौतम,  संगठित सदस्य लिलाधर शर्मा,  भुपु सैनिक संगठीत सदस्य राम बहादुर क्षेत्री  लगाएतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो  ।    
 एमाले बाटाकाचौरका कार्यवाहक अध्यक्ष पदमबहादुर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पुर्व सदस्य देविदत्त पौडेलले र सञ्चालन सचिव प्रेमबहादुर नेपालीले गर्नु भएको थियो ।     
    बाटाकाचौरको धनमुडा सम्पन्न अधिवेशनले नेकपा एमाले बाटाकाचौर गाउ कमिटिको अध्यक्षमा  लिलाधर पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पदम बहादुर खनाल, सचिवमा पि .पी परियार, सहसचिव टेक बहादुर थापा तथा सदस्यहरुमा सालिकराम सुवेदी, टेक बहादुर बत्स्याल, दुर्गा थापा र खुविन्द्र थापा मगर रहनुभएको छ ।    


    नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि रामबहादुर जिसीले सपथ ग्रहण गराउनु भएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह