ताजा अपडेट :

भमरकोट सिद्धबाबा मन्दिरमा विशेष पुजा

भमरकोट  सिद्धबाबा मन्दिरमा विशेष पुजा
पर्वत, ४ असोज
पर्वत जिल्लाको देउपुर गाविसमा रहेको भमरकोटामा कालिका पुजा सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको पुजामा प्रमख अतिथि सांसद कल्पना चापागाईले मुलुक हिन्दु राज्य भएकाले धर्मसंस्कृतिको जगेर्ना गर्नु हामी सवैको दायित्व भएको बताउनुभएको छ ।   

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिँनी, जिल्ला खानेपानी तथा सरसफाई कार्यलय पर्वत प्रमुख प्रेम डोटेल, नेकपा एमालेका जिल्ला सदस्य दाताराम चापागाई, खानेपानी उपभोक्ता समिती देउपुर देउरालीका अध्यक्ष टेकबहादुर खड्का लगायतले बोल्नुभएको थियो ।

 कार्यक्रमको स्वागत विष्णु सुवेदी र सन्चालन राजेन्द्र खड्काले गर्नुभएको थियो । सो अवसरमा देउपुर खानेपानी योजनाको शिलन्यास समेत गरिएको थियो ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह