ताजा अपडेट :

अरिङगालले चिलेर बेगमा एक जनाको मृत्यु

म्याग्दीको बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।  बेग गाविस ६ बेगखोलाका ५५ वर्षिय कृतिमान रोकाको अरिङ्गालको गोलालाई पोल्ने क्रममा चिलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बेगखोलाका बाढी पिडितहरुको अस्थाई छाप्र्रो नजिकैको टुनिको रुखमा रहेका कालो अरिङगालका गोला पोल्ने क्रममा मंगलबार राती रोकाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । एकै पटक चालीस भन्दा बढी अरिङ्गालले टोकेर घाइते भएका रोकाको स्थानीयले उद्धार गरेर पहिरो पिडितको छाप्रोमा राखेको अवस्थामा राती मृत्यु भएको थियो ।  

हाडजार्नी दुखेको तथा यौन शक्तिवद्र्धक औषधीको रुपमा अरिङ्गालको सिकार हुने गरेको छ । गोलालाई आगो लगाएपछि माउ  अरिङगाल मर्ने र गोला भुईमा झारी भित्रका लार्भालाई झिकेर फ्राई गरी खाने गरिन्छ ।

म्याग्दीमा अरिङ्गालको गोलासहित प्रति केजी दुई हजार ५ सय देखी तीन हजारसम्म विक्रि हुने गरेको छ । अरिङ्गालको लार्भा फ्राई गरी खा“दा स्वादिलो भएपनि सिकार गर्न भने कठिन र ज्यान नै जाने गरेको छ ।

अधिक र अब्यवस्थित सिकारले अरिङगाल लोप हुने खतरा बढेको छ । सिकारीहरुले अरिङगालले पूर्ण गोला लगाउन नपाई सानोमै पोल्ने हु“दा माउ अरिङगाल मर्ने र लार्भाको सिकार गर्ने हु“दा विनासको खतरा बढेको हो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह