ताजा अपडेट :

अपाङ्ग उत्थान समाज ११ औ साधारण सभा सम्पन्न

अपाङ्ग उत्थान समाज ११ औ साधारण सभा सम्पन्न
पर्वत,१ कार्तिक
नेपाल अपाङ्ग उत्थान समाज पर्वतको ११ औ साधारण सभा सम्पन्न भएको छ ।
 अर्थपुर्ण समावेशीकरण सबै क्षमताका मानीसका लागि पहुँच र शसक्तीकरण भन्ने नाराका सधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सस्थाले गरेको सांगठनीक विकासको प्रतिवेदन र आर्थिक वर्ष ०७२÷०७३ मा गरेको कामको आय व्याय प्रतिवेदन प्रस्तुत गरीएको हो ।

 संस्थाको सांगठनीक प्रतिवेदन प्रस्तुत गर्दै सचिव किसोर शर्माले अपाङ्गका क्षेत्रमा काम गर्ने सरकारी गैर सरकारी संघ संस्थाहरुको सहकार्य नभएका कारण वास्तवीक अपाङ्ग सम्बोधन हुन नसकेको गुनसो गर्नुभयो । कार्यक्रममा संस्थाले गरेका एक दर्जन कामको प्रगती र भएको सीकाई उपलब्धिहरुको बारेमा प्रकास पारीएको हो । साधारण सभामा बोल्दै अधिकाँश बक्ताहरुले दात्री निकायबाट आएको बजेटको जिल्लामा सदुपयोग नभएको गुनसो गरेका छन । राज्यले लक्षीत वर्गको रुपमा राखेको अपाङ्गका क्षेत्रमा लक्षीत बजेट सदुपयो नभएको बताएका हुन । उनिहरुले सरकारी तथा गैर सरकारी निकायका कामहरु लक्षीत वर्ग र स्थान सम्म नपुगेको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला विकास समीतीका समाजीक विकास अधिकृत लिलाधर सुवेदीले सदरमुकाम आसपासकाले अपाङ्गले मात्र राहत पाएको बताउनु भयो । चुनौतीको रुपमा सरोकारसंस्थाहरुले नै अपाङ्गका विषमा नबुझने गरेको र दलीय स्वार्थ हेरीने गरीएको पाईएको हो । कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा कुल २८ लाख २१ सय ६७ रुपैयाँ १० पैसाको कार्यक्रम गरीएको जनाइएको छ । कुश्मा नगर पालिका, महीला विकास कार्यालय , आई एन एफ , प्लान नेपाल , जिविस लगायतका संस्थाबाट प्राप्त भएको बजेटले कार्यक्रमहरु सञ्चालन गरीएको संस्थाले जनाएको हो । कार्यक्रममा गाविसमा पुगेको लक्षीत वर्गको बजेट रकमान्तर गरीने गरेका कारण अपाङ्ग लक्षीत बजेट सदुपयोग नभएको सहभागिहरुले बताएका हुन ।
 प्रत्येक गाविसमा सरकारी निकायको उपस्थिती हुने भएपनि शक्षम व्याक्तिले जस्तै अपाङ्ग व्यातिको पहुँच नपुग्ने गरेको बताएका हुन । कार्यक्रम संस्थाका अध्यक्ष गणेश सुवेदीको अध्यक्षता जगदिस शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह