ताजा अपडेट :

पर्वतमा बाल दिवस मनाइयो

 

पर्वतमा बाल दिवस मनाइयो


बुधबार राष्ट्रिय बाल दिवस मुलुकभर मनाईएको छ । पर्वतमा पनि बाल दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समितिको आयोजनामा एक कार्यक्रम सञ्चालन भई सम्पन्न भएको छ । बाल दिवसका अवसरमा ‘सम्बद्धन बालअधिकारको ः कार्यन्बयन संबिधानको भन्ने बिषयमा बक्तृत्बकला प्रतियोगिता सम्पन्न भएको थियो । बक्तृत्बकला प्रतियोगितामा जिल्लामा सञ्चालित १२ बिद्यालयका बिद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा आर्दश बोर्डिङ स्कुलका करिना केसि प्रथम, नमुना आबसिय बोर्डिङ स्कुलका अरबिन्द राज पौडेल द्धितिय, शिवालय माबिका आयुसा अधिकारी तृतिय र राष्ट्रिय बाल शिक्षा सदन बोर्डिङ स्कुलका पिया सुबेदिले सान्त्बना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्बना हुने बिद्यार्थीहरुलाई क्रमश ५ हजार, ४ हजार, ३ हजार र १५ सयका दरले पुरस्कार बितरण गरेको थियो ।  
जिल्ला बाल कल्याण समितिका अध्यक्ष एब्म निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रबिन ढकाल, निमित्त स्थानिय बिकास अधिकारी महेश शर्मा, निमित्त जिल्ला शिक्षा अधिकारी झलक नाथ आर्चाय, नगरपालिकाका कार्यकारी प्रमुख चण्डिका पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गा प्रसाद शर्मा लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रध्यानाध्यपक तथा बिदार्थीहरुको उपस्थिीति रहेको थियो । नेपाल बाल संगठनका अध्यक्ष बसन्त कर्माचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्ला बाल कल्याण पर्बतका सचिब तथा बालबालिका कार्यलयका प्रमुख सत्यदेबि अधिकारीले गर्नुभएको थियो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह