ताजा अपडेट :

पर्वतको चुवामा ४२ घरमा खानेपानीको सुविधा, योजनाको बिहीवार उद्घाटन

पर्वतको चुवामा ४२ घरमा खानेपानीको सुविधा, योजनाको बिहीवार उद्घाटन
पर्वत २८ असोज
पर्वतको कुश्मा नगरपालिका १२ चुवामा तमादीखोला खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
 आयोजना निर्माण पश्चात एक घर एक धाराको अवधारणा अनुसार ४२ घरधुरीलाई खानेपानीको सुविधा पुगेको छ । मनाङ ट्रेड लिङक हाइड्रोपावर सरोकार समन्वय समितिको ६ लाख ५० हजार, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतको २ लाख ५० हजार र स्थानिय जनश्रमदान ४ लाख गरि कुल १३ लाख लागतमा सम्पन्न भएको उक्त खानेपानी आयोजना निर्माण गरिएको हो ।
 निर्मित उक्त आयोजनाको आज एक कार्यक्रमका वीच पर्वत क्षेत्र नम्वर १ का साँसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह