ताजा अपडेट :

जिप दुर्घटनामा चौध जना घाईते

जिप दुर्घटनामा चौध जना घाईते
म्याग्दी असोज २८
बेनी नगरपालीका १ रत्नेचौरमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा चौध जना घाइते भएका छन् । बागलुङबाट बेनी आउदै गरेको ग १ ज ३६०५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाईतेहरुलाई बागलुङ स्थित धौलागिरी अञ्चल र मुक्तिनाथ अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । स्थानीयबासी, यातायात ब्यवसायी र रत्नेचौर प्रहरी चौकी टोलीले उद्धार गरि उपचारका लागि अस्पताल पठाएका हुन् ।

घाइते हुनेहरुमा चालक बागलुङको पैयुपाँटा ७ का २६ वर्षिय बिष्णु भट्ट, बानपा १० की ३६ वर्षिय लक्ष्मी आचार्य, १३ वर्षि शान्तवना शर्मा, ११ वर्षिय सन्देश शर्मा, ४० वर्षिय बलराम शर्मा र जैदी ७ का १८ वर्षिय सुरेश शर्मा रहेका छन् ।

यस्तै म्याग्दीको बरंजा १ की ४५ वर्षिय कोपीला बिक, आर्यन बिक, ७० वर्षिय मनकुमार बिक, भकिम्ली ८ का २९ वर्षिय जालमाया छन्त्याल, ३१ व्र्षिय पृथबहादुर छन्त्याल, १७ वर्षिय अरुण आचार्य, २७ वर्षिय दिनेश जिसी, भकिम्ली ८ का २२ वर्षिय आशिक छन्त्यालको पनि बागलुङमा उपचार भैरहेको छ ।

घाईतेहरुको अवस्था सामान्य र चालक जिल्ला प्रहरी कार्यालय बागलुङको नियन्त्रणमा रहेका छन् । सडक देखि करिब २० मिटल तल खसेको सो जिपले गुडीरहेको बा १५ च ३८६२ नम्बरको अर्को ट्याक्सीलाई पनि क्षत्ती पु¥याएको छ । ट्याक्सीमा रहेका चार जना सुरक्षित रहेका छन् ।   

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह