ताजा अपडेट :

पहिरोपीडितलाई करिब रु चारलाख सहयोग

पहिरोपीडितलाई करिब रु चारलाख सहयोग

म्याग्दी असोज २८
म्याग्दीको देवीस्थानका पहिरोपीडितलाई बुधबार विभिन्न सङ्घसंस्थाले करिब चार लाख रुपैयाँ सहयोग गरेका छन् ।    देवीस्थानमा क्रियाशील सूर्यमुखी युवा क्लबको संयोजनमा पहिरोपीडित दुई परिवारलाई तीन लाख ८५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । देवीस्थान–युके समाजले रु तीन लाख ३५ हजार, मोना हङकङले रु २५ हजार र मिलन म्याग्दीले उपलब्ध गराएको १५ हजार रुपैयाँ पहिरोपीडित सुनमायाँ भट्टचन र कलिमा बुढालाई हस्तान्तरण गरिएको हो ।     देवीस्थान–युके समाजबाट प्राप्त रकम दुवै परिवारलाई बराबर वितरण गरिएको थियो । गत भदौ १७ गते बस्तीमाथिबाट खसेको पहिरोमा परी सुनमायाँका पति ओमप्रसाद भट्टचनको ज्यान गएको थियो भने कलिमाको घर बगाएको थियो । मोना हङकङले उपलब्ध गराएको रकममध्ये रु २० हजार र मिलन म्याग्दीको नौ हजार रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष तारकबहादुर घर्तीले बताउनुभयो ।

 

प्रमुख समाचार

भिडियो संग्रह