ताजा अपडेट :

एमाले जैदीको शुभकामना आदान प्रदान

एमाले जैदीको शुभकामना आदान प्रदान
बाग्लुङ २८ असोज
एमाले जैदीको शुभकामना आदान प्रदान नकेपा एमाले जैदी गाउँ कमिटीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । सो अवसरमा बोल्दै एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले एमालेको नीति र नेतृत्व विना देशले अपेक्षित गति र समृद्धि प्राप्त गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश नम्बर ४ का सदस्य लिला राना,अनेरास्वबियूका जिल्ला अध्यक्ष नारायण पौडेल, क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णकुमार पौडेल, युवा सघंका वडा अध्यक्ष नारायण पौडेल, बैकुण्ठ सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले गाउँ कमिटी अध्यक्ष मोहराज उपाध्यायको अध्यक्षता, भोजेन्द्र गिरीको स्वागत र सदस्य प्रेम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह