ताजा अपडेट :

नेपालकै उत्कृष्ट रेन्बोट्राउट फर्म बाढीले बगायो एक करोडको क्षति

नेपालकै उत्कृष्ट रेन्बोट्राउट फर्म बाढीले बगायो
एक करोडको क्षति
 
भाद्र २८ गते पर्वत
    पर्वत जिल्लाको पहिलो  बाजुङ गाउँ बिकास समिति–६  स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फार्म बाढीले बगाएको छ।         पातीखोलामा बुधबार राती आएको  बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगएपछि झण्डै १ करोड  क्षति भएको छ। यो फर्म गत बर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्म तर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो ।


    पर्वतको क्याङ्ग गाबिसबाट आएको पहिरो र खोलाको बाढी फर्ममा पसेपछि त्यहाँका सबै संरचना बगाएको छ । फर्म बगाउँदा २७ लाख भन्दा बढी पर्ने माछाका भुरा र तयारी माछा बगेका छन । संरचना निर्माण गर्दा झण्डै ५० लाख रुपैया खर्च लागेको कम्पनीका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘फर्ममा बाढी पसेपछि झण्डै एक करोड क्षति भएको छ’ शर्माले भने ।
पर्वत जिल्लामा पहिलो पटक सञ्चालनमा आएको फर्मले ले उत्पादित माछा छिमेकी शहर पोखरा, पर्वतकै अम्बोट र बागलुङ लगायतका क्षेत्रमा बिक्री गर्दै आएको थियो । पर्वत जिल्ला असला माछाका लागि परिचित भएकाले चिसो पानी हुने क्षेत्रमा असला माछाको झल्को मेटाउने गरी रेन्बोट्राउट माछापालन गरिएको थियो ।
यसलाई निरन्तरता दिनका लागि फर्मलाई पुननिर्माण गरि सञ्चालनको तयारी गरिएको अध्यक्ष शर्माले बताए । ‘यसलाई पुनसञ्चालनमा ल्याउने सोच छ’ उनले भने

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह