ताजा अपडेट :

यातायातको असुविधाका कारण बागलुङको जैदीकी एक महिलाको उपचारका लागि हेलिकप्टर चार्टड

यातायातको असुविधाका कारण बागलुङको जैदीकी एक महिलाको उपचारका लागि हेलिकप्टर चार्टड
बाग्लुङ, २७ असोज
यातायातको असुविधाका कारण वागलुङकी एक महिलालाई उपचारका लागि हेलिकोप्टरको प्रयोग गरी पोखरा लगिएको छ ।
दक्षिण बागलुङको जैदी गाविस ३ रोहटेकी जमुना चालीसेलाई स्वास प्रस्वासमा समस्या आए पछि हेलिकप्टर चार्टर गरि पोखरा लगिएको हो । सडकको सुबिधा नभएको उक्त गाँउमा प्रभु एयरलाईनसको हेलिकोप्टर मार्फत १ लाख खर्चिएर पोखरा मणिपाल अस्पतालमा लगिएको हो । गाडीको सुविधा नपुगेको उक्त गाविसका बासिन्दा अहिले पनि विरामी हुँदा हेलिकोप्टरमा लाखौँ खर्च गर्न वाध्य भएका छन् । चालिसेको परिवारले पनि ऋण काढेर हेलिकोप्टर चार्टर गरेको स्थानीय वलभद्र चालिसेले जानकारी दिनुभयो ।

 सडक यातायातको सुविधा लिन घण्टौ हिँड्नुपर्ने वाध्यता रहेका गाउँलेहरुले विरामी पर्दा हैरानी व्यहोर्दै आएका छन् । केहि दिन अगाडी छिमेकी गाविस छिस्तीका टिकानिधी पाध्यालाई पनि बिरामी परेपछि हेलिकोप्टर र्चाटर गरेर काठमाण्डौ लगिएको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह