ताजा अपडेट :

सोडेक नेपालको २०औं वार्षिक साधारण सभा

सोडेक नेपालको २०औं वार्षिक साधारण सभा
पर्वत २७ असोज
सोडेक नेपाल पर्वतको २०औं वार्षिक साधारण सभा केन्द्रिय कार्यालयको सभाहल ठानामौलामा बुधवार सम्पन्न भएको छ ।
पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम र प्रस्तावित वजेट सर्वसम्मत रुपमा पारित भएको थियो ।
    

 कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. योगेन्द्रराज रिजाल, पूर्व अध्यक्ष एवं गैसस महासंघ नेपालका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज देवीप्रसाद तिमिल्सिना, स्थानीय वुद्धिजिवि गोविन्द सुवेदी, केश वहादुर घले, पूर्ण वहादुर भण्डारी लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष मनवहादुर कुंवरको अध्यक्षता, सचिव कविता वि.क.को संचालन र कार्यसमिति सदस्य कमल प्रसाद रिजालको स्वागत, स्थानीय उन्नतशिल महिला स्वावलम्वी समुहद्धारा चेतनामूलक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह