ताजा अपडेट :

युवा संघ नेपाल लुंखुदेउरालीको तेस्रो अधिवशेन

युवा संघ नेपाल लुंखुदेउरालीको तेस्रो अधिवशेन
पर्वत २४ असोज
युवा संघ नेपाल लुंखुदेउरालीको तेस्रो अधिवशेन तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
अधिवेशनले  निरज हमालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा जगत अधिकारी, सचिब नबिन मल्ल र  कोषाध्यक्षमा जीवन मल्ल रहनुभएको छ । यस अघि आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य जीवन उच्चै ठकुरीले मुलुक परिवर्तनमा युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताउँदै नेकपा एमालेको छाताभित्र गोलवन्द हुन सवैलाई आग्रह गरेका थिए ।


कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटि सदस्य डम्बर गुरुङ, क्षेत्रीय कमिटि सदस्य थमबहादुर नेपाली, लुंखुदेउराली गाउँ कमिटि अध्यक्ष टिकु मल्ल ठकुरी, सल्लाहाकार दलबहादुर हमाल, पुष्पराज पौडेल, पर्वत काठमाडौ नेकपा एमाले सम्पर्क मञ्चका अध्यक्ष विक्रम मल्ल, दलबहादुर हमाल, पूर्व संस्थापक सचिब एकबहादुर हमाल लगायतले बोलेका थिए ।
निरज हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिब लक्ष्मण मल्ल  र संचालन दिपेश विश्वकर्माले गरेका थिए ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह