ताजा अपडेट :

बेनी नगरपालिकाका वासीन्दाले सामुजिक सुरक्षा भत्ता बुझ्न पाएनन्

बेनी नगरपालिकाका वासीन्दाले सामुजिक सुरक्षा भत्ता बुझ्न पाएनन्
 म्याग्दी, २४ असोज
सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा म्याग्दीको बेनी नगरपालीकाको साथै अधिकांश गाविसका वृद्धबृद्धा र एकल महिला निराश भएका छन् । बैङ्कहरुले दसैंअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा अधिकांश वृद्धबृद्धा र एकल महिलाहरुलाई दसै खल्लो हुने भएको हो । चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्ने चाहना पुरा नहुँदा जेष्ठ नागरीक निराश भएका जेष्ठ नागरीक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । बेनी नगरपालीकाको सबै वडा र १७ गाविसमा विभिन्न बैङ्कका शाखाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा लिएका छन् ।

 जिविसले सामाजिक सुरक्षा भत्ता वापतको रकम निकाशा गर्न ढिलाई गर्नु र बैङ्कले सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्न नसक्दा दसै मनाउनबाट बिमुख हुनुपरेको जेष्ठ नागरीकहरुले गुनासो गरेका छन् । गरिमा विकास बैङ्कको शाखाले भुरुङ तातोपानी र शिख, माछापुच्छ्रेको बेनी शाखाले पिप्ले र भगवती तथा ग्रिन डेभलपमेन्टको बेनी शाखाले पात्लेखेतका जेष्ठ नागरीक र एक महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएका छन् । फेवा विकास बैङ्कको बेनी शाखामा खाता खोलेका बरङ्जाका लक्षित बर्गका व्यक्तिहरुको अभिलेख नमिलेपछि गाविस कार्यालय मार्फतनै वितरण गरिएको सचिव गोविन्द जिसीले बताउनुभयो ।

बैङ्कको पहुँच नभएका १८ गाविसमा भने सचिव मार्फतनै भत्ता वितरण गरिएको छ । भकिम्ली, बाबियाचौर, अर्मन, कुहुँ, दरवाङ, निस्कोट, देविस्थान, रुम, बेग, ओखरबोट, ताकम लगायत गाविस तथा बेनी नगरपालीका क्षेत्रमा भने सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् । कृषि विकास बैङ्कका शाखा प्रबन्धक घनेन्द्र अधिकारीले व्यक्तिगत खातामा रकम जम्मा गर्न पर्याप्त समय नपाउँदा दसै अघि भत्ता वितरण गर्न नसकेको बताउनुभयो । बेनी नगरपालीका क्षेत्रमा विगत पाँच वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको कृषि विकास बैङ्कले कात्तिक पहिलो हप्ताभित्र सबैको खातामा जम्मा गरिसक्ने जनाएको छ । पहिलो चौमासीकका लागि जिविस र नगरपालीकाले करिब चार करोड रुपैया सामाजिक सुरक्षा भत्ता निकासा गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २३ हजार ३४४ जना रहेको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह