ताजा अपडेट :

शैक्षिक सामाग्री वितरण

  शैक्षिक सामाग्री वितरण

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको जेसीज सप्ताहाको चौथो दिन शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको गुप्तेश्वर वेद वेदाङ्ग पाठशालामा शैक्षिक सामाग्री वितरण गरिएको हो । पाठशालामा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रि वितरण गरिएको थियो ।


त्यस्तै जेसी सन्दिपमान श्रेष्ठले आफ्ना स्वर्गिय बाबुको स्मृतिमा ८ लिटरको प्रेसर कुकर सहित भाँडाकुडा सहयोग गरेका छन् । पाठशालालाई बागलुङ जेसीजले पनि ४ हजार पाँच सय रुपैया नगद सहयोग गरेको बताइएको छ । विद्यार्थीहरुलाई पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै लामिछानेले जेसिजजस्तो युवाहरुको संस्थाले सामाजिक सेवामा गरेको योगदानको प्रसंसा गरेका थिए ।

प्रमुख समाचार

भिडियो संग्रह