ताजा अपडेट :

नेकपा एमाले बाजुङ गाउँ कमिटि द्धारा पुर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेकपा एमाले बाजुङ गाउँ कमिटि द्धारा पुर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पर्वत,२४ असोज
नेकपा एमाले बाजुङ गाउँ कमिटि द्धारा पुर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम बाजुङ स्थित सानो  पाखामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्षेत्रीय सदस्य गम्भिरा वियोगीको उपचारका लागि गाँउ कमिटिको अगुवामा ७२ हजार आर्थिक सङ्कलन गरि माननिय कल्पना चापागाईद्धारा हस्तान्तरण गरियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै सांसद कल्पना चापागाईले संविधानको सफल कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो । उनले एमालेले सधै पछाडी परेको वर्गको सम्बृद्धिमा जोड दिएको भन्दै नेपालको पछिल्लो संविधानले ति सवै कुराको ग्यारेन्टी गरेको बताए ।सांसद कल्पना चापागाइर्, टे«ेड युनियन इन्टरनेशनल इन्सुरेन्स सचिव  ताराखर अधिकारी ,नेकपा एमालेका उपाध्ययक्ष भक्त कुँवर र प्रदेश नं. ४ का सदस्य हिरादेवी शर्मा लगायतले राख्नुभएको थियो ।
उक्त कार्यक्रम नेकपा एमाले बाजुङ गाउँ कमिटि का अध्ययक्ष राजेश शाहिको अध्ययक्षता,उपसचिव रीत बहादुर क्षेत्री को स्वागत मन्तव्य र सचिव विदुर हमालको सन्चालनमा सम्पन्न भएको थियो ।
 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह