ताजा अपडेट :

पर्वतका सरकारी कार्यालय प्रमुहरुको मासिक हाजिरि वेवसाईटमार्फत सार्वजनिक

पर्वतका सरकारी कार्यालय प्रमुहरुको मासिक हाजिरि वेवसाईटमार्फत सार्वजनिक
पर्वत २१ आश्विन
 पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी बिबरण सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरिएको छ ।
    सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा भन्दा अन्यत्र बढी जाने गरेको र कार्यालयमा नबस्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले मासिक रुपमा भएको हाजिरी बिबरण सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयको वेबसाईट डब्लु डब्लु डब्लु डट डिएओ पर्वत डट एमओ एचए डट जीओभी डट एनपी –९ध्ध्ध्।मबयउबचदबत।mयजब।नयख।लउ० मा हेर्न सकिने भएको छ ।


प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले कार्यालय प्रमुखलाई काम प्रति बढी जवाफदेही बनाउन मासिक रुपमा हाजिरी बिबरण सार्वजनिक गर्ने जानकारी गरिएको बताउनुभयो । ‘कार्यालय प्रमुखहरु बिना काम जिल्ला छाड्ने र कार्यालयमा नबस्ने प्रबृत्ति बढ्न थालेको छ’ उहाँले भन्नुभयो ‘कार्यालयका प्रमुखहरुलाई जवाफदेही बन्न हाजिरी सार्वजनिक गर्ने ब्यबस्था मिलाइएको छ ।पर्वतमा कार्यालय प्रमुखहरु धेरै समय फिल्ड लेखेर निजी काममा जाने गरेको गुनासो आउने गरेको छ । बिना काम जिल्ला छाड्ने र परिवार भेटघाटका लागि समेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको गुनासो पनि गरिदै आएको छ ।


पछिल्लो समय निजामति कर्मचारीलाई काम र सेवा प्रति जवाफदेही बनाउन सबै कार्यालयमा अनिवार्य रुपमा बिद्युतीय हाजिरी लागु गर्न पनि लागिएको र वेवसाईटबाट मासिक हाजिरि सार्वजनिक गर्दा जनतालेनै सम्वन्धित प्रमुखलाई खबरदारी गर्न सक्ने भएका छन् । मासिक रुपमा हाजिरि सार्वजनिक गरिएका मध्ये सवैभन्दा कम समय कार्यालयमा उपस्थिति हुने र सरकारी काम छाडेर व्यक्तिगत काममा गएको पाइएमा आवश्यक कारवाहि गरिने भएका छ । भदौ महिनादेखिको कार्यालयप्रमुहरुको हाजिरि वेबसाईटमा राखिसकिएको छ ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह