ताजा अपडेट :

स्थानीय शान्ति समिति पर्बतको शुभकामना आदान प्रदान सम्पन्न

स्थानीय शान्ति समिति पर्बतको शुभकामना आदान प्रदान सम्पन्न
पर्वत २१ आश्विन
स्थानिय शान्ति समिति पर्बतको आयोजनामा आउदै गरेको बिजया दशमी, शुभदिपावली तथा छट पर्बको अबसरमा शुभकामना आदान पर्दान कार्यक्रम सम्पन्न गरेको छ ।शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुँदै पर्बतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरसिनिले देशले संविधान पाएको बताउदै नेपाली जनतामा खुसियाली छाएको बताउनु भयो ।सोहि अबसरमा नजिकिदै गरेको बिजया दशमी, दिपावली तथा छट पर्व लाई देखा सिकि नगरी आफ्नो हैसियत अनुसार मनाउन आग्रह गर्नुभयो ।


शुभकामनामा कार्यक्रममा जिल्ला इन्जिनियर महेन्द्र बानियाँ, नेपाल पत्रकार महासग पर्बतका अध्यक्ष दुर्गा शर्मा लगायत स्थानिय शान्ति समितिका पदाधिकारिहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । भने स्थानीय शान्ति समितिका संयोजक मनोहर बि. पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव किसोर सुुवेदिले गरेका थिए ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह