ताजा अपडेट :

नेशनल लाईफ इन्स्योरेन्सको शुभकामना आदानप्रदान

नेशनल लाईफ इन्स्योरेन्सको शुभकामना आदानप्रदान
 
पर्वत २१ आश्विन
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखा पर्वतको शुभकामना आदान प्रदान कार्यत्रम सम्पन्न भएको छ । विजयादशमी तथा शुभदिपावलीको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।
शुभकामना कार्यत्रममा बोल्दै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाका प्रमुख द्रोणराज पौडेलले मानव जिवनमा विमा नितान्त आवश्यक भएको बताउनु भयो । उहाँले कुनै पनि मानिसलाई भविष्यमा आईपर्ने जोखिम बहनको लागि सुनिश्चित गर्न आजको बचत नै भोलीको भविष्य निर्माणको आधार भएकाले जीवन विमा गर्नु आवश्यक भएको बताउनु भयो ।विजय दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गदै पौडेलले राज्यले पनि आम नागरिकलाई जीवन विमा गराउने नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।

 जिवन विमा गर्दा कुन कम्पनीमा गर्न लागेको हो त्यो आधिकारीक छ कि छैन र आफ्नो आर्थिक हैसियत अध्ययन गरेर गर्नुपर्ने उहाँको भनाई छ  । विमा कम्पनीहरुले मुत्युपछि विमा रकम भुक्तानी दिने बेलामा विभिन्न अनावश्याक झन्झट दिने पत्रकारहरुको प्रश्नमा पौडेलले भने–मानिसको मुत्यु भएको ३५ दिनभित्र आवश्यक पर्ने कागजपत्र, नागरिकताको फोटाकपी, मुत्यु दर्ताको फोटोकपी, गाविस वा नगरपालिकाको सिफारिश पत्र ल्याएको १ हप्तामा आफ्नो कम्पनीले भुक्तानी दिने दावी गर्नुभयो ।  
सञ्चारकर्मी तथा पत्रकारहरु विचमा भएको कार्यक्रममा सहभागिहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह