ताजा अपडेट :

करेन्ट लागेर पर्वतको खरेहामा एक बालकको मृत्यु

करेन्ट लागेर पर्वतको खरेहामा एक बालकको मृत्यु
पर्वत,१९ असोज
पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर मंगलवार दिउँसो एक बालकको ज्यान गएको छ । रौटहट जिल्लाको शितलपुर ८ घर भई कुश्मा नगरपालिका ११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षिय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेण्ट लागेको थियो


घरमा विजुलीको तार खेलाउँदा हातमा करेण्ट लागेको र उनकी आमाले छुटाउन गएपनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका बालको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजादै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोहि ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् ।

प्रमुख समाचार

भिडियो संग्रह