ताजा अपडेट :

आर्थिक समृद्धि सहितको नयाँ नेपाल निर्माणका लागि गाउँ गाउँका सबै जनता उद्यमशील बन्न सांसद जोशीको आग्रह

आर्थिक समृद्धि सहितको नयाँ नेपाल निर्माणका लागि गाउँ गाउँका सबै जनता उद्यमशील बन्न सांसद जोशीको आग्रह
पर्वत,१९ असोज
नेपाली का“ग्रेसका नेता तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले मुलुकले संकल्प गरेको आर्थिक समृद्धि सहितको नया“ नेपाल निर्माणका लागि गाउ“ गाउ“का सबै जनता उद्यमशील हुनुपर्ने वताउनु भएको छ । विजयादशमी २०७३ को अवसर पारी तिलाहार युवा क्लवले आज डिमुवामा आयोजना गरेको अन्तर गाविस स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।
उहा“ले नया“ संविधानमार्फत राजनीतिक क्रान्तिको अध्याय पुरा भएको उल्लेख गर्दै अबको कार्यदिशा आर्थिक परिवर्तन भएको वताउनु भयो । सांसद जोशीले आर्थिक समृद्धिका लागि गाउ“मा धेरै सम्भावनाहरु रहेको वताउ“दै प्रत्येक व्यक्तिलाई कुनै न कुनै इलममा लाग्न आग्रह गर्नुभयो । ‘तपाईहरु कुनै न कुनै उद्यमशीलतामा लाग्नोस त्यसका लागि आवश्यक बाटो, विजुली, खानेपानी, सिंचाई को जिम्मा मलाई दिनोस ।’ –जोशीले भन्नुभयो । उहा“ले विकासमा आफूले कुनैपनि राजनीतिक आग्रह र पूर्वाग्रह नराखीकन काम गरेकोले तीनतीन पटकसम्म जनताको साथ पाएको दावी गर्दै अरु राजनीतिक दललाई पनि गाउ“को विकासमा निष्पक्ष भएर काम गर्न सुझाव दिनुभयो ।
नेता जोशीले खेलकुदमार्फत विश्वका धेरै मुलुकले आफ्नो पहिचान स्थापित गरेको प्रशंग उल्लेख गर्दै खेलकुद राज्यको सर्वाधिक महत्वको विषय भएको वताउनु भयो । उहा“ले जिल्लाको समग्र खेलकुदको विकासका लागि आफूले विगतमा पनि सहयोग गर्दै आएको वताउ“दै आगामी दिनमा समेत खेलकुद क्षेत्र आफ्नो विशेष प्राथमिकतामा पर्ने जानाकारी दिनुभयो ।

तिलाहार युवा क्लवका अध्यक्ष निर्देष लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्वतका अध्यक्ष प्रेम गुरुङ माइलाले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोभने कार्यक्रमको संचालन क्लवका सदस्य दिनेश शर्माले गर्नुभएको थियो ।तीनदिनसम्म संचालन हुने उक्त कार्यक्रमको पहिलोदिन लोकदोहोरी गायिका फूलमाया केसी, गायक देब साहनी र चित्रसागर श्रेष्ठले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह