ताजा अपडेट :

धौलागिरिकै पुरानो विद्यामन्दिर पुस्तकालयलाई ‘एक व्यक्ति, एक हजार’ अभियान

धौलागिरिकै पुरानो विद्यामन्दिर पुस्तकालयलाई ‘एक व्यक्ति, एक हजार’ अभियान

धवलागिरि अञ्चलकै जेठो पुस्तकालयले आफ्नो संस्थागत विकासका लागि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको छ । विसं २००३ मा स्थापित पुस्तकालयले अभियान सुरु भएको सातादिनमै रु ३५ हजार सङ्कलन गरेको छ । रु दश लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो । प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । राणाकालीन सो पुस्तकालय धवलागिरि क्षेत्रकै शैक्षिक, सामाजिक विकासको अग्रणी संस्थाका रूपमा मानिन्छ ।    “इतिहास बोकेको पुस्तकालय आर्थिक समस्यामा पर्न थालेपछि आर्थिक अभियान सुरु गरेका हौँ”, राजभण्डारीले भन्नुभयो – “प्रतिव्यक्ति रु एक हजार सहयोग उठाउने हाम्रो लक्ष्य छ ।” उहाँका अनुसार कतिपय व्यक्तिले स्वेच्छाले रु एक हजारभन्दा पनि बढी सहयोग गरिरहेका छन् । पुस्तकालयप्रेमीबाट स्वतःस्फूर्त रूपमा सहयोग जुट्ने क्रम जारी छ ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह