ताजा अपडेट :

विद्यार्थीलाई सहयोग

विद्यार्थीलाई सहयोग
म्याग्दी, १९ असोज
सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वटा सामुदायिक विद्यालयका छ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । सो सहकारीले म्याग्दी क्याम्पसका दुई, जामुनाखर्क माविका दुई, प्रकाश उच्च माविको एक तथा बेनी सामुदायिकको एक विद्यार्थीलाई छात्रवृत्तिस्वरूप रु ८४ हजार सहयोग गरेको छ । सहकारीले सामाजिक क्षेत्रमा १५ हजार परिचालन गरेको सहकारीका अध्यक्ष लीलाबहादुर बानियाँले बताउनुभयो । रु दुई करोड ३३ लाख सेयर पुँजी रहेको संस्थाले गत आवमा रु ३० करोड १८ लाख ६० हजार ७२२ निक्षेप सङ्कलन तथा रु ३० करोड ६९ लाख ५२ हजार लगानी गरेको थियो । त्यसैगरी रु २४ लाख ५७ हजार मुनाफा गरेको सो सहकारीले गत वर्ष ब्याज कर र आय करसहित रु २४ लाख कर तिरेको बताइएको छ ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह