ताजा अपडेट :

पहिरोले पर्वतको भुकताङलेका पाँच घर विस्थापित, लघु जलविद्युत अबरुद्ध

पहिरोले पर्वतको भुकताङलेका पाँच घर विस्थापित, लघु जलविद्युत अबरुद्ध

अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस वडा नं. ७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानिय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तिर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुषालको घरमा क्षति पुगेको हो । उनिहरु अहिले आफन्तकोमा शरण लिएर बसिरहेका छन् ।

गत बुधवार आएको वषासँगैको पहिरोले उनिहरु विस्थापित हुनु परेको स्थानिय महान बहादुर गुरुङ्गले जानकारी  दिनुभयो । पहिरोका कारण विद्युत पोल समेत ढलेका कारण स्थानिय अझै त्रसित बनिरहेका छन् । आर्थिक रुपमा कमजोर अवस्था भएका परिवारहरु जीवनमा नसोचेको घटना भएपछि बिचल्लीमा परेका छन् । तत्काल अर्को ठाउँमा बस्ती सार्न न जग्गा छ न पैसा निकै समस्यामा परेको गुरुङ्गले जानकारी दिनुभयो ।

उनिहरुले आफुहरुलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । सोहि पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पुर्ण रुपमा अबरुद्ध बनेको छ । पहिरोले ट्याङ्की नै बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको गुरुङ्गले जानकारी दिनुभयो ।

त्यसैगरी पहिरोका कारण भुकताङ्ले गाविस ८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघजलविद्युत आयोजनाको नहर भत्किदा विद्युत उत्पादन बन्द भएको छ । विद्युत बन्द हुँदा स्थानिय विगत पाँच दिनदेखि अन्धकारमा बस्नुपरेको बताएका छन् । उनिहरुले तत्काल मर्मतका लागि पहल गरिदिन पनि माग गरेका छन् । पहिरोकै कारण नयाँपुल–भुक–झिलिबराङ सडक समेत अवरुद्ध बनेको गुरुङ्गले जानकारी दिनुभयो ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह