- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए
दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए
मुस्ताङ, १८ असोज
हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन् । बेनी–जोमसोम सडकखण्ड हुँदै व्यवसायीले देशका विभिन्न जिल्लामा भेडाच्याङ्ग्रा आपूर्ति गरिरहेका छन् ।
जिविसका खरिदार एवम् कर सङ्कलन केन्द्रका प्रमुख राजेन्द्र सामन्तले असोज ८ गतेबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको बताउनुभयो । “अब जिल्लाबाट लगभग यति नै भेडाच्याङ्ग्रा बाहिरिन्छ, तिहारको पूर्वसन्ध्यामा थोरै सङ्ख्यामा जाने गर्दछ”, उहाँले भन्नुभयो – “घटस्थापनाको दिनमात्रै पाँच हजार २०० भेडाच्याङ्ग्रा बाहिरिए ।” जिविसले भेडाच्याङ्ग्राबाट रु १३ लाख ६५ हजार कर सङ्कलन गरेको जनाएको छ
। यहाँबाट आएका भेडाच्याङ्ग्रा कम्तीमा रु २५ हजारमा बजारमा किनबेच भइरहेको छ । यसवर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकको गोठमै व्यापारी पुगेर दसैँलाई खरिद गरी ल्याएका हुन् । पछिल्ला तीनवर्षयता दसैँमा बजारमा हुने मासुको मागलाई जिल्लामै उत्पादित भेडाच्याङ्ग्राले पूर्ति गरिरहेको छ । “यसवर्ष डोल्पाबाट केही भेडाच्याङ्ग्रा भित्रिएको देखिएको छ” – पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल बर्माले भन्नुभयो ।