ताजा अपडेट :

पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण

पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण
माघ १३ ,पर्वत
पर्बत जिल्लाको दक्षिणि क्षेत्र पाङराङमा रहैको एक स्बास्थ संस्थालाई एम्बुलेन्स हस्तान्त्रण गरिएको छ । निर्बाचन आयोग नेपाल, सांसद बिकास कोष क्षेत्र नम्बर २ पर्बत तथा गाबिस कार्यलयको सहयोग स्बरुप प्राप्त भएको एम्बुलेन्स एक कार्यक्रमका बिच क्षेत्र नम्बर २ पर्बतका सांसद बिकास लम्सालले स्बास्थ चौकिलाई हस्तान्त्रण गर्नुभएको छ । केहि समय चलेको एम्बुलेन्स बिग्रीएपछि त्यसै थन्कीएको र सोही एम्बुलेन्स मर्मत सम्भार गरि स्बास्थ चौकिलाई हस्तान्त्रण गरिएको हो । लम्सालले पाङराङ स्बास्थ चौकिका ईन्चार्ज शारदा चौधरीलाई एम्बुलेन्स तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै विरामीहरुलाई समयमै अस्पताल पु¥याउन र सहज ढंगले उपचारका गर्नको लागि महत्वपूर्ण भुमिका निभाउन सहयोग गर्ने आशा व्यक्त गर्नु भएको थियो । दुर्गम क्षेत्रका महिलाका दुख र पीडा बुझेको तथा भोगेको भन्दै एम्बुलेन्सले त्यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका पीडा कम गर्न सघाउ र्पुयाउने बताउनुभयो । अन्य बिरामीका लागि पनि एम्बुलेन्सबाट फाईदा पुग्ने भन्दै यसको दिगोपनाका लागि सहि ढंगले संचालन गर्न स्थानीयले ध्यान दिनुपर्ने उहाको भनाई थियो ।उहाले मानिसको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य भएकोले स्वास्थ्य क्षेत्रमा गरेको सेवा र सहयोगले सबैलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले आफुले सधै पर्बतलाई सडक र पुलले समेत नमुना जिल्ला बनाउन लागि परेको भन्दै राजनिति गर्नेहरु आफ्नो किताब होइन जनताको किताब पढनु पर्ने बताउनु भयो । साथै उहाँले अहिलेको समय भाषण र कुराले नभएर जनतालाई काम गरेर देखाउनु पर्ने समय रहेको भन्दै आफु समाज र जनताको काममा लागि परेको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर फडिन्द्र बरालले दुर्गम क्षेत्रका विरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको भन्दै एम्बुलेन्सको सहि सदुपयोग गर्न आग्रह समेत गर्नुभयो । एम्बुलेन्स नहुदा हिडेर सदरमुकाम आउने त्यस क्षेत्रका झण्डै ५ गाबिसका मानिसहरु लाभान्बीत हुने भएका हुन । एम्बुलेन्समा पाङराङ गाबिसको ठुलो सम्पति जोडिएको र यसलाई संरक्षण गर्न सबै गाबिसवासीहरुको आ–आफ्नो ठाउँबाट ठुलो भुमिका रहेको स्थानिय बासिले बताएका थिए । स्बास्थ संस्थामा एम्बुलेन्स आउने ठुलो कुरा नभएको भन्दै त्यस क्षेत्रको सडक खण्डको अवस्था निकै नाजुक भएको र तत्काल सडक मर्मत सम्भार गर्न स्थानियले ध्यानार्कषण समेत गराएका थिए । पाङराङ स्बास्थ चौकि एम्बुलेन्सब्यवस्थापन समितिका अध्यक्ष तथा गाबिस डिल्लिराम पाध्याको सभापतित्बमा सम्पन्न कार्यक्रमको सञ्चालन पाङराङ स्बास्थ चौकिका अहेब श्याम कुमार यादबले गर्नूभएको थियो ।

 

 

प्रमुख समाचार

भिडियो संग्रह