ताजा अपडेट :

कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित

कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित
पर्वत, ६ माघ

पर्वतको मल्लाज माझफाँट गाविसका कृषकहरुले नेपाल सरकारले तोके बमोजिमको रकम गाविसबाट विनियोजित नभएको भन्दै आन्दोलित बनेका छन् । हालै सम्पन्न गाउँ विकास समिति माझफाँटको नवौ गाउँ परिषद्बाट आर्थिक बर्ष २०७३÷०७४ को प्रस्तावित बजेटमा उपेक्षा गरिएको भन्दै माझफाँटका कृषकहरु आन्दोलित बनेका हुन् ।माझफाँटमा गठित कृषकहरुको छाता समुह मल्लाज माझफाँट मुल कृषक समुहले गाविसबाट कृषि क्षेत्रमा विनियोजित हुनुपर्ने ९ लाख रकम नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले १५ प्रतिशत बजेट गाउँगाउँमा कृषि विकासको लागि विनियोजन गर्नुपर्ने निर्देशिका जारी गरेपनि गाविसले उक्त रकम विनियोजन नगरेको समुहका कोषाध्यक्ष गुमानसिंह जिसीले बताए । ‘गाविसमा ६१ लाख १९ हजार पुजीगत तर्फ अख्तियारी प्राप्त भएपनि त्यसको १५ प्रतिशत हुन आउने ९ लाख १७ हजार रुपैँया गाविसले विनियोजन नगरेर गाविसले हामीप्रति उपेक्षा गरेको छ’ जिसीले भने ‘ गाविसले कृषि समुहलाई ५ लाख २५ हजार रुपैँया मात्रै विनियोजन गरेको छ ।’माझफाँट गाविसमा दर्ता भएका विभिन्न २१ कृषि समुहहरुको छाता संगठन मुल कृषक समुहले यस अघि नै ९ लाख रुपैँया मुल कृषक समुहले पाउनुपर्ने प्रस्ताव गरेको थियो ।गाविसले विनियोजन गरेको रकम मध्ये पनि ५० हजार रुपैया मुल कृषक समुहमा आबद्ध नै नभएको सिर्जनशिल कृषक समुहलाई विनियोजन गरेपछि कृषकहरु झनै उपेक्षित बनेको मुल समुहका अध्यक्ष शान्ति जिसीले बताइन् ।गाउँ विकास समितिले कृषि तर्फको रकम ९ लाख १८ हजार उत्पादनशिल क्षेत्रका कृषकहरुलाई ५ लाख ५० हजार मात्र विनियोजन गरी अन्य रकम ग्रामीण सडक, ताल संरक्षण र प्याराफिट निर्माणमा विनियोजन गरेको छ

 

प्रमुख समाचार

भिडियो संग्रह