ताजा अपडेट :

पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन

पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन
 माघ १३ ,पर्वत
पर्बत जिल्लाको सदरमुकाम कुश्मामा हुन लागेको पाँचौ पर्वत महोत्सवमा सिसीटिभी जडान गरिएकोे छ । समग्र पश्चिमाञ्चल क्षेत्रको आर्थिक विकास र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आउने अतिथिहरुको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्धेश्यले सिसीक्यामेरा जडान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सब उद्घाटन गर्न आउने भएपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने भएकाले सिसीक्यामेरा जडान गरिएकोे आयोजक पर्वत उद्योग बाणिज्य संघले जनाएको छ । गत माघ १३ गतेदेखि २२ गतेसम्म संचालन हुने महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्धार  उद्घाटन गर्न आउनुहुने भएको हो । जिल्लामा धेरै पटक महोत्सबको आयोजना गरिएपनि सिसी टिभिको जडान गरिएकोे यो पहिलो पटक हो । क्यामेरा महोत्सव स्थल भित्रका सवै स्टलमा रहने जनाईएको छ । महोत्सबको निगरानिको लागि २ दर्जन सुरक्षाकर्मी खटाईने जनाईएको छ । महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री आउने चर्चा शुरु भएसँगै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पार्न थालिएको छ । महोत्सब आउन एक दिन मात्र बाकि रहदां स्टल निर्माणकार्य र स्टल बुकिङ भने सत्प्रतिशत भैसकेको छ । आगामि महोत्सब भन्दा यस बर्षको महोत्सब फरक खालको रहको उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष तथा मूल संयोजक हरिओम शर्मा लामिछानले जानकारी दिनुभयो ।एनआइसी एशिया बैंकले प्रायोजन गरेको महोत्सवमा १ सय ५० वटा स्टलहरु रहेका छन् ।महोत्सवमा १६ वटा लघुउद्यम, ५ वटा अटो, १२ वटा होटल तथा रेष्टुरेन्ट, र अन्य व्यावसायीक स्टलहरु रहने भएका छन् ।त्यस्तै कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु पनि रहेको मुल संयोजक लामिछानेले जानकारी दिनुभयो । बाईट।महोत्सवमा आउने दर्शकहरुले अष्ट्रिच, ऊट र चौरीगाई समेत अबलोकन गर्न पाउने भएका छन् । महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेका बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको छ ।महोत्सवमा राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारको समेत बेजोड प्रस्तुति रहने जनाईएको हो ।जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जीजम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डकीको ¥याङटीङ र प्याराग्लाइडिङ लगायतका आकर्षणहरुले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ । महोत्सवमा झण्डै २ लाख दर्शक भित्र्याउने र चार करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।  
 

 

 

प्रमुख समाचार

भिडियो संग्रह