- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न
म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न
माघ १३ म्याग्दी
म्याग्दीका महिलाहरुलाई सिपमूलकसम्बन्धी व्यावसायिक माला बुनाई तालिम बुधबार सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा सिप तथा व्यावसायिकता विकास तालिमअन्तर्गत ७ दिने जिल्लास्तरीय तालिम प्रदान गरिएको हो. तालिममा सहभागी महिलाहरुले कागजको माला बनाएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालिमको दौरानमा सिकेका व्यवहारिक पक्षलाई व्यवहारमा लैजानुपर्ने र व्यावसायिकतातर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।कार्यक्रममा बोल्दै प्रशिक्षक निशा महतले आर्थिक रुपमा सशक्तिकरण नहुँदा महिला हिंसा हुने गरेको हुँदा सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरुलाई महिला विकास कार्यालय म्याग्दीबाट प्रमाणपत्र वितरण गरी सम्मान समेत गरिएको थियो।कुल २० जना महिला सहभागी तालिमको प्रशिक्षक निशा महत र लक्ष्मी थापाले सहजीकरण गरेका थिए ।महिला तथा बालबालिका कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माको अध्यक्षता र कार्यक्रम संयोजक गायत्री दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी कमला रेग्मीले अनुभव मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, स्थानीय शान्ति समितिका संयोजक मुक्ति ढुङ्गानालगायतको सहभागीता रहेको थियो